• १६ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
जरुवा गाउँसम्म नयाँ ट्रयाकको कार्य सम्पन्न




कमल कवर मगर

बंगलाचुली, ११ जेठ । दाङको बंगलाचुली गाउँपालिका वडा नं. १ मा पर्ने जरुवा गाउँसम्म मोटर बाटो ट्रयाक खोल्ने कार्य सम्पन्न भएको छ । लुम्विनी प्रदेश सरकारको आर्थिक वर्ष २०७८/७९ को विकास बजेट अन्तर्गत तुसारपानी – जरुवा मोटर बाटो निर्माण योजनाको लागि १५ लाख रुपैया विनियोजन भई ठेक्का प्रकृया मार्फत निर्माण कार्य सम्पन्न भएको हो ।

बंगलाचुली गाउँपालिका अन्तर्गतका मोटर बाटो नपुगेका थोरै गाउँटोल मध्येको एक गाउँटोल थियो जरुवा । देश संघिय सम्रचनामा गए सँगै थुपै गाउँटोल सम्मा मोटर बाटो ट्रयाक खोल्ने कार्य सम्पन भए तर जरुवा गाउँ भौगोलिक विकटता, पालिका तथा वडाको महत्वमा पर्न नसकेकै कारण यहाँका बासिन्दाहरु अस्पताल, वडा कार्यालय तथा बजारको लागि करिब ६ किलोमिटर पैदल हिड्नु पर्ने बाध्यता थियो ।

आकस्कि विरामी पर्दा १ घण्टा भन्दा बढीको बाटोमा स्ट्रेचर कै भर पर्नु पर्ने, कुनै सरसामान पिठ्युमै बोकेर ओसारपसार गर्नु पर्ने सास्ती मोटर बाटो ट्रयाक खुले सँगै दुर हुने देखिन्छ ।
कृष्ण बहादुर महरा दाङ क्षेत्र नं २ बाट निर्वाचित भई संघिय सांसद हुँदा ताका आ.व. २०७५/७६ मा स्थानिय पूर्वाधार विकास साझेदारी कार्यक्रम मार्फत सांसद विकास कोषको संघिय बजेट रु २५ लाख विनियोजित भई करिब ३ किलोमिटर ट्याक खोल्ने कार्य भए यता यस तुसारपानी जरुवा मोटर बाटोको लागि कुनै पनि निकाय बाट बजेट विनियोजन गर्ने कार्य भएको थिएन । विकास प्रेमी नेतागण, बुद्धिजिबी तथा सरोकारवालाहरुको पहलमा चालु आ.व. को लागि तुसारपानी जरुवा मोटर बाटो निर्माण योजनाको नाममा बजेट छुट्टिए सँगे बाटोले पूर्णता पाएको स्थानिय समाज सेवी डोमाकान्त कवर मगरले बताउनु भयो ।

गाउँ सम्म मोटर बाटोको ट्रयाक खुली सडक सञ्जालमा जोडिए सँगै करिब ३९ घरधुरी रहेको जरुवा गाउँका बासिन्दाहरु प्रत्येक्ष लाभाम्बित हुने देखिन्छ । स्वास्थ्य उपचारको लागि, कार्यालय कामकाजको लागि र उत्पादित बस्तु बजार सम्मा पुर्याउनको लागि सहज हुने हुँदा स्थानिय बासिन्दाहरु उत्साहित तथा खुसी भएका छन । साथै उक्त नयाँ ट्रयाक खोलिएको मोटर बाटो हुँदै धार्मिक स्थल उझा बागेश्वरी मन्दिर सम्म पुग्नलाई साविकको बाटो भन्दा कम दुरी र सजिलो बाटो पर्ने हुँदा भक्तजन दर्शनार्थिहरुको आवत जावतको लागि रोजाइको बाटो पर्ने देखिएकोले पर्यटन प्रबर्द्धनमा पनि यस बाटोको महत्वपूर्ण भूमिका रहने देखिन्छ ।

स्थानिय सरकार बने सँगै वभिन्न ठाउँहरुमा मोटर बाटोको ट्रयाक खोल्ने कार्यले तिब्रता पायो तर संरक्षण, सुधार र स्तरबृद्धिको लागि ध्यान नदेखिएको सर्वविधितै छ, यो पक्कै पनि लगानिको उद्देश्य र अपेक्षा होईन । तुसारपानी – जरुवा मोटर बाटो निर्माण एक उत्पादन मूलक लगानी हुनेमा दुईमत देखिदैन तर स्थानिय सरकार तथा आम सरोकारवालाहरु बाट निर्माण कार्य सम्मन्न भईसकेका योजनाहरुको उचित संरक्षण, सम्बर्द्धन र स्तर उन्नतिमा ध्यान पुर्याउने कुरालाई महत्वपूर्ण कडीको रुपमा स्वीकार गरी सोही अनुरुप योजनाहरु तर्जुमा गर्न सके पक्कै पनि सरकारको हरेक लगानिले सार्थकता पाउन सक्ने कुरामा दुईमत छैन ।

Facebook Comments