कमल विक
अछाम, १० वैशाख । तुर्माखाँद गाउँपालिका वडा नं ८ का नवनिर्वाचित वडा अध्यक्ष निरक शाहीले पदभार ग्रहण गर्नु भएको छ। मंगलवार दिउँसो एक कार्यक्रकाबीच वडा कार्यालय धमालीमा पदभार ग्रहण गर्दै केही महत्वपूर्ण निर्णय समेत गर्नु भएको छ।
उहाँले जनतासंग वडा अध्यक्ष कार्यक्रम मार्फत जनताका हरेक समस्यामा प्रतक्ष जनतासंग रहेर काम गर्ने बताउनु भएको छ। जनताले जुन आशा गरेर आफूलाई जिताएको हुनाले जनताको आशालाई कहिलै निराशामा परिणत हुन नदिने भन्दै , विद्यालयमा कक्षा दस सम्म विभिन्न नाममा लाग्ने शुल्क पूर्ण रूपमा बन्द गरिने, सामाजिक सुरक्षाभत्तामा जोडिन नसकेका नागरिक हरुलाई सामाजिक सुरक्षा भत्ताकाे व्यवस्था गर्ने, आफ्नो वडा बाट प्रतेक वर्ष दुई जनालाई छात्रवृत्ति कोटामा पढाइने, वडाका कुनै नागरिकको मृत्यु भएमा निःशुल्क सब वाहन गाडिको व्यवस्था गर्ने समेत उहाँले प्रतिवद्द्ता जनाउनु भएको छ।
वडा भित्रका सम्पूर्ण घरहरूमा तत्काल विद्युत पुर्याउने
तथा समग्रमा आफ्नो कार्यकाल जनमुखि, पारदर्शी र सुशासनयुक्त हुने उहाँको भनाइ थियो ।


सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।