• २१ मंसिर २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
कृष्णसे इच्छुक स्मृति दिवसको अवसकाे अवसरमा पाँच पत्रकार पुरस्कृत हुने




घाेराही, १० जेठ । प्रेस सेन्टर नेपाल, दाङ शाखाले कृष्णसेन इच्छुक स्मृति दिवसको अवसरमा पाँच जना पत्रकारलाई पुरस्कृत गर्ने भएकाे छ ।

प्रेस सेन्टर नेपाल, दाङकाे आज मंगलबार घाेराहीमा बसेकाे पदाधिकारी बैठकले ती पुरस्कार यही जेठ १३ गते कृष्णसेन इच्छुक स्मृति दिवसको अवसरमा प्रदान गर्ने निर्णय गरेकाे हाे ।
सेन्टर दाङका अध्यक्ष पाण्डव शर्माकाे अध्यक्षता एवम् संगठनका लुम्बिनी प्रदेश उपाध्यक्ष एवम् दाङ जिल्ला इञ्चार्ज प्रकाश चाैधरीकाे प्रमुख आतिथ्यतामा बसेकाे पदाधिकारी बैठकले यसवर्षकाे कृष्णसेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार पत्रकार लक्ष्मी आचार्यलाई प्रदान गर्ने निर्णय गरेकाे छ । आचार्य संगठकाे केन्द्रीय सदस्य हुनुहुन्छ ।

त्यसैगरी यस वर्षकाे लाेककुमारी स्मृति पत्रकारिता पुरस्कार संगठनका नेता एवम् नेपाल पत्रकार महासंघका लुम्बिनी प्रदेश सदस्य केशरमान बुढाथोकीलाई प्रदान गर्ने निर्णय गरिएकाे अध्यक्ष शर्माले जानकारी दिनुभयाे ।

प्रेस सेन्टर नेपाल, दाङ कृयाशील पत्रकारिता पुरस्कार घाेराही शाखा उपाध्यक्ष हेमराज परिवर्तन र तुलसीपुर शाखा सहसचिव सुमन केसीलाई प्रदान गर्ने निर्णय गरिएकाे छ ।

सेन्टरले यसवर्ष प्रेस सेन्टर प्राेत्साहन पत्रकारिता पुरस्कार संगठका गढवा पालिका अध्यक्ष पुष्पा पाैडेललाई प्रदान गर्ने निर्णय गरेकाे शर्माले जानकारी दिनुभयाे ।

Facebook Comments