थबाङ, ९ जेठ । रोल्पाको थबाङ गाउँपालिकामा २० वर्ष माथिको उमेर समूहमा मधुमेह र उच्च रक्तचाप स्क्रिनिङ सम्बन्धि १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएकाे छ । जिल्ला स्वास्थ्य कार्यालय राेल्पाकाे आयाेजना तथा थबाङ गाउँपालिकाकाे समन्वयमा सो कार्यक्रम आइतबार थबाङमा सम्पन्न भएको हो।
१ दिने अभिमुखिकरण कार्यक्रममा जनप्रतिनिधि , स्वास्थ्य संस्था प्रमुख, महिला सामुदायिक स्वास्थ्य स्वंयसेविका लगायतकाे उपस्थित रहेकाे थियाे ।
उक्त अभिमुखिकरण कार्यक्रमबाट थबाङ गाउँपालिकामा यहि मिति २०७९/०२/१६ गतेदेखि २१ गतेसम्म थबाङ गाउँपालिका ५ वटै वडामा स्क्रिनिङ स्वास्थ्य शिविर संचालन गर्ने गरी मिति समेत तय गरिएकाे छ ।


सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।