• १६ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
प्रतिष्ठानमा निःशुल्क प्रसुति सेवा पाएपछि बिरामीको सख्या बढ्यो




राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङले चालू आर्थिक वर्षको वितेको १० महिनामा ६८ हजार ७ सय २० जनाले स्वास्थ्य सेवा लिएका छन् । यस्तै ५ हजार २ सय ६ जनाले अन्तरंग सेवा लिएका छन् । आज प्रतिष्ठानले पत्रकार सम्मेलन गरि पछिल्लो समय प्रदान गरेको सेवासँगै आगामि दिनमा थप्न लागेको स्वास्थ्य सेवाको बारेमा जानकारी गराउँदै आम नागरिकले प्रभावकारी स्वास्थ्य सेवा लिन सफल भएको बताएको छ ।No description available.

प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा सबै खालका स्वास्थ्य सेवाको स्तर बढाउदै लगेको जानकारी गराईएको छ । बैशाख १ गतेबाट २४ सै घण्टा निशुल्क प्रसुति सेवा, मेशिन थप गरि डाईलाईसिस सेवा, सिकलसेल एनिमियाको सेवा, सामाजिक सुरक्षा सेवालगायत थुप्रै विशेषज्ञ सेवा विस्तार भएको प्रतिष्ठानका रजिस्ट्रार डा. प्रकाश थापाले जानकारी गराए ।

यस्तै आगामी दिनमा मेडिकल स्वास्थ्यलाई अझ विशिष्टिकृत गर्दै लैजान सिंगो अस्पताल प्रशासन, मेडिकल टोलीले विशेषज्ञसहितको सहज स्वास्थ्य सेवा प्रदान गर्न अघि बढेको बताए । कार्यक्रममा शिक्षाध्यक्ष तथा प्रसुति रोग विशेषज्ञ वसन्त लामिछाने, अस्पताल निर्देशक डा। प्रज्ञा बस्नेतलगायतले बिरामीमैत्री सेवा प्रवाहका लागि आफुहरु लागि परेको बताउनुभयो ।

Facebook Comments