• १६ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
नव जनप्रतिनिधिहरुलाइ स्वागत तथा बधाई कार्यक्रम सम्पन्न




जगत खनाल, राप्ती
राप्ती गाउँपालिका भित्र क्रियाशिल पत्रकारहरुको साझा संगठन राप्ती प्रेस मञ्चको आयोजनामा सनिवार नव जनप्रतिनिधिहरुलाइ स्वागत तथा बधाई कार्यक्रम सम्पन्न भएको छ ।
राप्ती प्रेस मञ्च राप्ती गाउँपालिकाका अध्यक्ष अर्जुन अधिकारीको अध्यक्षता तथा राप्ती गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष प्रकाश बिष्टको प्रमुख प्रमुख अतिथिको आसन बाट बोल्दै अध्यक्ष बिष्टले राप्ती गाउँपालिका लाई देशकै नमुना गाउँपालिका बनाउने आफ्नो उदेश्य लाई सबैले सहयोग गर्न आग्रह गर्नु भएको थियो ।
लामो समय देखि जग्गा रोक्का रहदा जनतालाई धेरै अप्ठ्यारो भएकाले जग्गा फुकुवा गर्न आफुले मुख्यमन्त्री सङ कुरा गरेको बताउदै मुख्यमन्त्री बाट छिट्टै जग्गा फुकुवा गर्ने आश्वासन पाएको पनि बताउनु भएको थियो ।
उक्त कार्यक्रममा अतिथिको आसन बाट बोल्दै उपाध्यक्ष कमलापती चौधरीले आफुहरु काम गर्न आएको बताउदै गफ भन्दा काम गरेर देखाउने बताउनु भएको थियो ।
राप्ती गाउँपालिका का सबै वडा अध्यक्ष हरुको उपस्थिति रहेको उक्त कार्यक्रममा निवर्तमान अध्यक्ष नुमानन्द सुवेदी , माओवादी केन्द्रका उपाध्यक्ष नारायण शर्मा , एमालेका सचीव भरतमणी न्यौपाने , राष्ट्रिय जनमोर्चाका अध्यक्ष केशव राज खनाल , जनता समाजबादिका अध्यक्ष रण प्रसाद सुवेदी , एकीकृत समाजबादीका प्रदेश कमिटी सदस्य मुकुन्द राज रोका , पत्रकार महेश चन्द्र रिजाल , राप्ती उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष बावुराम थापा लगायतले शुभकामना तथा बधाई मन्तव्य राख्नु भएक थियो ।
राप्ती प्रेस मञ्चका वरिष्ठ उपाध्यक्ष सन्तोष कुमार गुप्ताको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको संचालन सचीव ओमप्रकाश गुप्ताले गर्नु भएको थियो ।

Facebook Comments