• ११ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
अध्यक्ष बिष्टको पहिलो निर्णय कक्षा १० सम्म नि:शुल्क शिक्षा प्रदान गर्ने




जगत खनाल / दाङको राप्ती गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष प्रकाश बिष्टले पदभार ग्रहणसंगै २ वडा निर्णय गर्नु भएको छ ।
आगामी साउन १ गतेदेखि लागुहुने गरि राप्ती गाउँपालिका क्षेत्र भित्रका सम्पुर्ण सामुदायिक बिधालयमा बालबिकास देखि कक्षा १० सम्म नि:शुल्क शिक्षा प्रदान गर्ने र भालुबाङ र सिसहनियामा रहेका स्वास्थ्य चौकीमा विशेषज्ञ सहितको इमर्जेन्सी स्वास्थ्य सेवा सुरु गर्ने निर्णय गर्नु भएको छ ।

शुक्रबार दाङ जिल्ला मुख्य न्यायाधीश तथा प्रमुख निर्वाचन अधिकृत रितेस थापा सङ अध्यक्ष पदको सफत ग्रहण गरि राप्ती गाउँपालिकामा निर्वाचित हुनु भएका उपाध्यक्ष , वडा अध्यक्ष र सम्पुर्ण सदस्यहरुलाइ पद तथा गोपनियताको सफत खुवाउनु भएको थियो ।

स्थानिय तहको निर्वाचनमा लोकपि्रय मतका साथ माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाको संयुक्त गठबन्धन बाट राप्ती गाउँपालिकाको अध्यक्षमा निर्वाचित हुनु भएका बिष्टले जनताले देखिने गरि काम गर्ने बताउदै आउनु भएको थियो !
स्वास्थ्य , शिक्षा , कृषि र रोजगारीमा आमूल परिवर्तन गरि राप्ती गाउँपालिका लाई नेपालकै नमुना गाउँपालिका बनाउने उद्घोष गर्नु भएको थियो ।

स्वास्थ्य क्षेत्रमा लामो समय जनतालाई सेवा गर्नु भएका बिष्टले समाजिक क्षेत्रमा पनि काम गर्दै आउनु भएको छ ।

Facebook Comments