• ८ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
बंगलाचुली गाउँपालिकामा शपथ ग्रहण तथा पदभार ग्रहण कार्यक्रम सम्पन्न




दाङको बंगलाचुली गाउँपालिकामा आज पद तथा गोपनियताको शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । गत बैशाख ३० गते स्थानिय तह निर्वाचन सम्पन्न भए पश्चायत अन्तिम मत परिणाम सार्वजनिक भई निर्वाचन भएको सात दिन भित्र अध्यक्ष वा प्रमुखले जिल्ला न्यायधिश बाट शपथ लिनु पर्ने र अध्यक्ष वा प्रमुखले शपथ लिएको सात दिन भित्र उपप्रमुख, वडाअध्यक्ष, गाउँ तथा नगर सभाका सदस्यहरुले शपथ लिनु पर्ने कानूनी व्यवस्था अनुसार आज बंगलाचुली गाउँपालिकामा पनि अध्यक्ष पदमा निर्वाचित तुलसीराम पुन मगर (सुवास) ले उपाध्यक्ष, वडा अध्यक्ष र गाउँ सभाका सदस्यहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको थियो।
जम्मा ८ वडा वडाहरु रहेको बंगलाचुली गाउँपालिकामा संयुक्त गठबन्धनका तर्फ बाट नेकपा माओवादी केन्द्रका तुलसीराम पुन मगर पालिका उपाध्यक्ष पदमा नेपाली कांग्रेसका भक्त बहादुर जि.सी. विजयी बनेका थिए । त्यसै गरी १ नं. वडामा सिंयुक्त गठबन्धनका तर्फ बाट नेपाली कांग्रेसका विष्णु कवर अध्यक्ष रहेको प्यानल, २ नं. वडामा एकल प्रतिस्पर्धामा रहेको नेपाली कांग्रेसका मैते पुन मगर अध्यक्ष रहेको प्यानल, ३ नं. वडामा एकल प्रतिस्पर्धा बाट नेकपा माओवादी केन्द्रका शोभराज विश्वकर्मा अध्यक्ष रहेको प्यानल, ४ नं. वडामा एकल प्रतिस्पर्धा बाट नेपाली कांग्रेसका डास बहादुर डाँगी अध्यक्ष रहेको प्यानल, ५ नं. वडामा गठबन्धन बाट माओबादी केन्द्रका लिला बहादुर घर्ति मगर अध्यक्ष रहेको प्यानल, ६ नं. वडामा गठबन्धनकै नेपाली कांग्रेसका डोम बहादुर विष्ट अध्यक्ष रहेको प्यानल, ७ नं. वडामा ष गठबन्धन बाट नेकपा माओबादी केन्द्रका गिर बहादुर थापा अध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य तथा नेकपा एमालेबाट दुबै खुला सदस्य रहेको प्यानल र ८ नं. वडामा एकल प्रतिस्पर्धामा नेकपा माओवादी केन्द्रका झग बहादुर घर्ती मगर अध्यक्ष रहेको प्यानल विजयी भएको बंगलाचुली निर्वाचन कार्यालयका अधिकृत हिरण्य प्रसाद भण्डारीले जानकारी दिनु भयो ।
पद तथा गोपनियताको सपथ ग्रहण लगत्तै नव निर्वाचित पालिका अध्यक्ष तथा उपाध्यक्षलाई निवर्तमान अध्यक्ष भक्त बहादुर वली तथा उपाध्यक्ष यमुना थापा मगरले पदभार ग्रहण गराउनु भएको थियो । पदभार ग्रहण लगत्तै अध्यक्ष तुलसीराम पुन मगरले उत्तरदायी स्थानिय सरकारको मान्यता स्थापित गर्न उद्योगका लागि बैकल्पिक बाटोको व्यवस्थापन, सहिद/बेपत्ता/घाइते अपाङ्ग/विपन्न परिवारलाई प्राविधिक शिक्षामा छात्रवृतीको व्यवस्था, विपन्न परिवारलाई निशुल्क स्वास्थ्य विमा, कृषकहरुलाई निशुल्क मल/विउ/ तथा प्राविधिक सहायता र निशुल्क पशु विमाको व्यवस्था गर्ने, विद्यालयहरुमा क्रमश मन्टेस्वरी कक्षा सञ्चालनको व्यवस्था गर्ने, एकघर एकधाराको लक्ष्य पुरा गर्न आवस्यक व्यवस्था गर्ने, वेरोजगार युवाहरुलाई व्यावसायीक तालिमको व्यस्था, पूर्ण वुद्युतिकरणको लागि आवस्यक पहल गर्ने लगायतका थुप्रै जनपक्षिय निर्णयहरु निर्णयार्थ प्रस्तुत गर्नु भएको थियो । यसै विच एक कार्यक्रम गरी निवर्तमान अध्यक्ष, उपाध्यक्ष लगाएत सम्पूर्ण जनप्रतिनिधीहरुलाई प्रमाणपत्र प्रदान गरी विदाई गरिएको गाउँपालिकाका प्रमुख प्रसाशकीय अधिकृत विष्णु प्रसाद पाण्डेय ले जानकारी दिनु भयो ।
निर्वाचन कार्यालयका अधिकृत हिरण्य प्रसाद भण्डारीको स्वागत मन्तब्य बाट सुरु भएको शपथ ग्रहण तथा पदबहार ग्रहण कार्यक्रममा नव निर्वाचित पालिका अध्यक्ष तुलसीराम पुन मगर (सुवास) को अध्यक्षता, निवर्तमान अध्यक्ष भक्त बहादुर वलीको प्रमुख आतिथ्यता र निवर्तमान उपाध्यक्ष यमुना थापा मगरको विशिष्ट आतिथ्यता रहेको कार्यक्रमको सहजिकरण प्रमुख प्रसाशकीय अधिकृत विष्णु प्रसाद पाण्डेयले गर्नु भएको थियो ।

Facebook Comments