• १२ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
घोराहीमा गठबन्धनलाई हराउँदै एमाले विजयी




घोराही, ५ जेष्ठ । दाङको घोराही उपमहानगरपालिकामा नेकपा एमाले विजयी भएको छ । घोराहीको मेयरमा दोस्रो कार्यकालका लागि सत्ता गठबन्धनलाई पछि पार्दै नेकपा एमालेका नरुलाल चौधरी र उप प्रमुखमा हुमा डिसी निर्वाचित भएका छन् ।No description available.

नरुलाल चौधरीले गठबन्धनबाट माओवादी केन्द्रका नगरप्रमुखका उम्मेदवार हेमराज शर्मा (डायमण्ड)लाई ५ हजार ३३० मतले हराउदै विजयी विजयी भएका हुन् । चौधरीले ३१ हजार ७२८ मत प्राप्त गर्दा शर्माले २६ हजार ३६८ मत प्राप्त गरे । चौधरीले ०७४ को निर्वाचनमा पनि काँग्रेसका भुपबहादुर डाँगीलाई ५ हजार मत अन्तरले हराएका थिए ।

यस्तै नगर उपप्रमुखमा पनि एमालेकै हुमा डिसीले गठबन्धनबाट काँग्रेसका नगर उपप्रमुखका उम्मेदवार भुपबहादुर डाँगीलाई ४९ मतले पछि पार्दै विजयी भएकि हुन् । डिसीले ३ हजार ४०३ मत प्राप्त गर्दा डाँगीले ३ हजार ३५४ मत प्राप्त गरेका थिए ।

घोराही उपमहानगरपालिकाका १९ वटा वडामध्य १३ वडामा नेकपा एमालेले जित हासिल गरेको छ भने गठबन्धनबाट नेपाली कांग्रेसले ५ र नेकपा ९माओवादी केन्द्र०ले १ वडा जितेको छ ।

Facebook Comments