• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रुन्टीगढी गाउँपालिकाको अध्यक्षमा पुन, उपाध्यक्षमा केसी विजयी




होलेरी / रोल्पाको रुन्टीगढी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस जनक पुन उपाध्यक्षमा सरिता केसी विजयी भएका छन् । गत बैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा नेपाली कांग्रेसका नेपाली कांग्रेसका सो उम्मेदवार भएका हुन् ।

रुन्टीगढी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार जनक पुनले ४ हजार ३ सय ९१ मत प्राप्त गर्दा उनका प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका उम्मेदवार गोबिन्द पुन` नजर´ले ३ हजार ७ सय ८ मत प्राप्त गरेका थिए भने नेकपा एमालेका उम्मेदवार यामबहादुर दशौंदीले ३ हजार ५ सय ३७ मत प्राप्त गरेका थिए ।

त्यसैगरी पालिकाको उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार सरिता केसीले ४ हजार ४ सय ३७ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेको उम्मेदवार हस्तमाली बाठामगरले ३ हजार ७ सय ८ मत प्राप्त गरेकी थिइन् भने नेकपा माओवादी केन्द्रका उम्मेदवार कौशिला कुमारी जिसीले ३ हजार ६ सय २८ मत प्राप्त गरेकी थिइन् ।

पालिकाको सबै मत गणना सकिदा कांग्रेस – माओवादी ६ सय ८३ को मतान्तर र कांग्रेस- एमाले ८ सय ४ को मतान्तरमा नेपाली कांग्रेसले विजयी हासिल गरेको हो ।

रुन्टीगढी गाउँपालिकामा ९ वटै वडाहरु मत गणना सकिएको छ । जसमा रुन्टीगढी गाउँपालिका १ मा नेपाली कांग्रेस, २ नम्बर वडामा नेकपा माओवादी केन्द्र, ३ नम्बर वडामा नेकपा एमाले, ४ नम्बर वडामा नेपाली कांग्रेस, ५ नम्बर वडा नेकपा एमाले, ६ मा नेकपा एमाले, ७ नम्बर वडामा नेकपा माओवादी केन्द्र, ८ नम्बर वडामा नेकपा माओवादी केन्द्र र ९ नम्बर वडामा नेपाली कांग्रेसले विजयी हासिल गरेका छन् ।

मत गणना सकिएसंगै पालिकामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकप एमालेले ३/३ वडामा जित हासिल गरेका हुन् ।

पालिकाको अध्यक्ष / उपाध्यक्षमा नेपाली कांग्रेस फाराकिलो मतान्तरले विजयी भएको छ ।

 

Facebook Comments