होलेरी / रोल्पाको रुन्टीगढी गाउँपालिका ८ नम्बर वडामा नेकपा माओवादी केन्द्रको पुरै प्यानल विजयी भएको छ । गत बैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा सो वडाका वडा अध्यक्षमा नेकपा माओवादी केन्द्रका तुलसी पुनको प्यानल विजयी भएको हो ।
रुन्टीगढी गाउँपालिका ८ मा नेकपा माओवादी केन्द्रका तुलसी पुनले ३ सय ९३ मत प्राप्त गर्दा उनका प्रतिद्वन्दी नेपाली कांग्रेसका खिमबहादुर रोकाले ३ सय १७ मत प्राप्त गरेका छन् ।
रुन्टीगढी गापा ८ का अध्यक्षमा नेकपा माओवादी केन्द्रका तुलसी पुन लगाएत सदस्यहरुमा रेश्मा बहकरी,तिर्थमाली सार्की,चन्द्रबीर घर्ती र अमलाल योगीले विजयी हासिल गरेका हुन् ।
अहिलेसम्म रुन्टीगढी गाउँपालिकामा ८ वटा वडाहरु मत गणना सकिएको छ । जसमा रुन्टीगढी गाउँपालिका १ मा नेपाली कांग्रेस, २ नम्बर वडामा नेकपा माओवादी केन्द्र, ३ नम्बर वडामा नेकपा, ४ नम्बर वडामा नेपाली कांग्रेस, ५ नम्बर वडा नेकपा एमाले, ६ मा नेकपा एमाले, ७ नम्बर वडामा नेकपा माओवादी केन्द्र र ८ नम्बर वडामा नेकपा माओवादी केन्द्रले विजयी हासिल गरेका छन् ।
पालिकाको अध्यक्ष / उपाध्यक्षमा नेपाली कांग्रेसको अग्रता कायम रहेको छ ।


सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।