• ८ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रुन्टीगढी-७ मा माओवादी केन्द्रको प्यानल विजयी




होलेरी / रोल्पाको रुन्टीगढी गाउँपालिका ७ नम्बर वडामा नेकपा माओवादी केन्द्रको पुरै प्यानल विजयी भएको छ । गत बैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा सो वडाका वडा अध्यक्षमा नेकपा माओवादी केन्द्रका टेकलाल पुनको प्यानल विजयी भएको हो ।

रुन्टीगढी गाउँपालिका ७ मा नेकपा माओवादी केन्द्रका टेकलाल पुनले ५ सय ९७ मत प्राप्त गर्दा उनका प्रतिद्वन्दी  नेपाली कांग्रेसका डिलमन बुढाथोकीले ५ सय ७५ मत प्राप्त गरेका छन्  ।

 

रुन्टीगढी गापा ७ का अध्यक्षमा नेकपा माओवादी केन्द्रका टेकलाल पुन लगाएत सदस्यहरुमा साबित्रा बुढा,बसन्ती सुनार, चन्द्रबहादुर पुन र रामबहादुर रेउलेले विजयी हासिल गरेका हुन् ।

अहिलेसम्म रुन्टीगढी गाउँपालिकामा ७ वटा वडाहरु मत गणना सकिएको छ । जसमा रुन्टीगढी गाउँपालिका १ मा नेपाली कांग्रेस, २ नम्बर वडामा नेकपा माओवादी केन्द्र, ३ नम्बर वडामा नेकपा, ४ नम्बर वडामा नेपाली कांग्रेस, ५ नम्बर वडा नेकपा एमाले, ६ मा नेकपा एमाले र ७ नम्बर वडामा नेकपा माओवादी केन्द्रले विजयी हासिल गरेका छन् । यो सँगै माओवादी केन्द्रले २ वडा जित हासिल गरेको छ ।

पालिकाको अध्यक्ष / उपाध्यक्षमा नेपाली कांग्रेसको अग्रता कायम रहेको छ ।

 

Facebook Comments