होलेरी / रोल्पाको रुन्टीगढी गाउँपालिका ६ नम्बर वडामा नेकपा एमालेको पुरै प्यानल विजयी भएको छ । बैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा सो वडाका वडा अध्यक्षमा नेकपा एमालेका घनबहादुर घर्तीको प्यानल विजयी भएको हो ।
रुन्टीगढी गाउँपालिका ६ मा नेकपा एमालेका घनबहादुर घर्ती ८ सय ११ मत प्राप्त गर्दा उनको प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका खिमबहादुर घर्ती ६ सय ८२ मत प्राप्त गरेका छन् ।
रुन्टीगढी गापा ६ का अध्यक्षमा नेकपा एमालेका घनबहादुर घर्ती लगाएत सदस्यहरुमा बसन्ती बस्नेत, प्रेमा विश्वकर्मा,गणेश बुढा र यामबहादुर थापाले विजयी हासिल गरेका हुन् ।
अहिलेसम्म रुन्टीगढी गाउँपालिकामा ६ वटा वडाहरु मत गणना सकिएको छ । जसमा रुन्टीगढी गाउँपालिका १ मा नेपाली कांग्रेस, २ नम्बर वडामा नेकपा माओवादी केन्द्र, ३ नम्बर वडामा नेकपा, ४ नम्बर वडामा नेपाली कांग्रेस, ५ नम्बर वडा नेकपा एमाले र ६ पनि नेकपा एमालेले विजयी हासिल गरेका छन् ।
पालिकामा नेपाली कांग्रेसको अग्रता कायम रहेको छ ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
