हिमाल महरा जेष्ठ,२ गते दाङ, बंगलाचुली गाँउपालिका वडा नं.४ मा नेपाली कांग्रेस तर्फबाट वडाअध्यक्ष पदका उम्मेदवार डास बहादुर डांगी विजयी भएका छन ।
डांगिले ६३२ मत ल्यायर बिजयी भएका हुन । उनका प्रतिद्वन्द्वी माओवादका उम्मेदवार लाल बहादुर गिरिले ४५८, एमालेका उम्मेदवार खेतुलाल घर्ती ३९६ राजमोका उम्मेदवार सुमन हौजाली मगर ५१ मत मात्रै ल्याएका हुन । त्यसैगरी मुख्य निर्वाचन अधिकृत हिरण्ड प्रसाद भण्डारीका अनुसार नेपाली कांग्रेसका महिला सदस्य नारायणी गिरि ६५४, दलित महिला सदस्य मिना परियार ६५२, खुल्ला सदस्य बोधे दमाइ ६२५, खुल्ला सदस्य दिपक दमाई ६१९ मत लियर बिजयी भयको छन ।
अध्यक्षमा गठबन्धका उम्मेदवार तुलसिराम पुन (सुवास )ले ८७९ निकटम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार भेषराज खत्री ३३२, राजमोका अध्यक्ष पदका उम्मेदवार सन्जय वलि ४५, नेसनल मंगोल अर्गनाइजेसनका अध्यक्ष उम्मेदवार गिता कुमारी पुनले १ र उपाध्यक्षमा गठबन्धका उम्मेदवार भक्त बहादुर जिसिले ८९४ निकटम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार सरस्वती घर्ती मगर २७०, राजमो अनिता पान्डेय ४५, नेसनल मंगोल अर्गनाइजेसनका उपाध्यक्ष उम्मेदवार १ प्राप्त गर्नु भयको छ । पुर्ण मत बदर ४२ वटा रहेको निर्वाचन कार्यालयले जानकारी दियको छ ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
