होलेरी । रोल्पाको रुन्टीगढी गाउँपालिका ४ नम्बर वडामा नेपाली कांग्रेसको पुरै प्यानल विजयी भएको छ । बैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा सो वडाका वडा अध्यक्षमा नेपाली कांग्रेसका टंकबहादुर पुनको प्यानल विजयी भएको हो ।
रुन्टीगढी गाउँपालिका ४ मा नेपाली कांग्रेसका टंकबहादुर पुन ४ सय ८८ मत प्राप्त गर्दा उनको प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार बेगम पुनले ४ सय ८० मत प्राप्त गरेका छन् ।
रुन्टीगढी गापा ४ का अध्यक्षमा नेपाली कांग्रेसका टंकबहादुर पुन लगाएत सदस्यहरुमा बमकुमारी घर्ती, सुपारी विश्वकर्मा, भक्तसेङ ठकुरी र भूवन पुनले विजयी हासिल गरेका हुन् ।
रुन्टीगढी गाउँपालिका १ मा भने नेपाली कांग्रेस विजयी हासिल गरेको छ भने २ नम्बर वडामा नेकपा माओवादी केन्द्रले विजय हासिल गरेको छ । त्यसैगरी ३ वडामा भने नेकपा एमालेले विजयी हासिल गरेको हो । पालिकामा नेपाली कांग्रेसको अग्रता कायम रहेको छ ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
