दाङ, १ जेठ । राजपुर गाउँपालिका वडा न ६ मा नेकपा नेकपा माओवादीका उमेदवार विजयी भएका छन् । नेकपा माओवादी केन्द्रका श्याम बहादुर रोका ५८० मत प्राप्त गरी वडा अध्यक्षमा विजय भएका हुन्।
वडामा १ हजार ४ सय ७ मत खसेको थियो । रोकाका प्रतिषस्पर्धी नेकपा एमालेकाे राजेन्द्र प्रसाद चौधरीले ५ सय ३५ प्राप्त गरेका थिए ।
त्यसैगरेर सदस्यहरुमा नेत्र बहादुर खत्री ५५३ , दिपेश चौधरी ५४३, महिला सदस्य दिलमती वली ५६९ र दलित महिला सदस्यमा सन्ध्या नेपाली ५६४ मत प्राप्त गरि विजय भएका छन् । निर्वाचित वडा सदस्य सवै नेकपा माओवादी केन्द्रका हुन ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
