• ५ जेष्ठ २०८३, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
रुन्टीगढी-३ मा नेकपा एमालेको प्यानल विजयी




होलेरी/ रोल्पाको रुन्टीगढी गाउँपालिका ३ नम्बर वडामा नेकपा एमालेको पुरै प्यानल विजयी भएको छ । बैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा सो वडाका वडा अध्यक्षमा नेकपा एमालेका गणेश गिरी प्यानल विजयी भएको हो ।

रुन्टीगढी गाउँपालिका ३ मा नेकपा एमालेका गणेश गिरीले ५ सय ४ मत प्राप्त गर्दा उनको प्रतिद्वन्दी  नेपाली कांग्रेस उम्मेदवार पूर्ण घर्तीले ३ सय ९७ मत प्राप्त गरेका छन्   ।

 

रुन्टीगढी गापा ३ का अध्यक्षमा नेकपा एमालेका गणेश गिरी लगाएत सदस्यहरुमा साबित्रा घर्ती पुन, पुन्टी सार्की, काले घर्ती र बोमबहादुर पुनले विजयी हासिल गरेका हुन् ।

रुन्टीगढी गाउँपालिका १ मा भने नेपाली कांग्रेस विजयी हासिल गरेको छ भने २ नम्बर वडामा नेकपा माओवादी केन्द्रले विजय हासिल गरेको हो । पालिकामा नेपाली कांग्रेसले ८ मतले अग्रता कायम रहेको छ ।

 

Facebook Comments