हिमाल महरा जेष्ठ,१ गते बंगलाचुलि, बंगलाचुली गाँउपालिका वडा नं.८ मा माओवादी तर्फबाट वडाअध्यक्ष पदका उम्मेदवार झबिन्द्र गाहा मगर विजयी भएको छन ।
गाहाले ५१३ मत ल्यायर बिजयी भएका हुन । उनका प्रतिद्वन्द्वी एमालेका उम्मेदवार देबिराम चर्ची ३६१, नेपाली कांग्रेस का उम्मेदवार डम्बर खत्रीले ३५२ मत मात्रै ल्याएका हुन । त्यसैगरी मुख्य निर्वाचन अधिकृत हिरण्ड प्रसाद भण्डारीका अनुसार महिला सदस्य जानका गाहा मगर ५१३, दलित महिला सदस्य तुलसी सुनार ५१६, खुल्ला सदस्य खुम बहादुर गाहा ४९५, खुल्ला सदस्य पालसिंह गाहा ५०० मत लियर बिजयी भयको छन ।
अध्यक्षमा गठबन्धका उम्मेदवार तुलसिराम पुन (सुवास ) ले ६९१ निकटम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार भेषराज खत्री ४११ र उपाध्यक्षमा गठबन्धका उम्मेदवार भक्त बहादुर जिसिले ७५९ निकटम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार सरस्वती घर्ती मगर ३२२ प्राप्त गर्नु भयको छ । अहिले बंगलाचुली ३ र ७ नं. वडा को मतगणना जारी रहेको छ ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
