• १ जेष्ठ २०८३, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
राजपुरमा माओवादीको फराकिलो अग्रता




शिवु खनाल
देउखुरी, ३१ बैशाख
दाङको राजपुर गाउँपालिका अध्यक्षमा नेकपा (माओवादी केन्द्र)का चक्रबहादुर खड्का (शिखर)ले अग्रता कायम राखेका छन् । रात्री प्रावि गंगदीमा जारी मतगणा अनुसार ३५ सय मतगणा गनिसक्दा खड्काले १२ सय ९९ मत हासिल गर्नुभएको छ । ३ सय ६ मतले उम्मेदवार खड्का अगाडि हुनुहुन्छ । नेपाली कांग्रेसबाट शरदकुमार बुढाथोकीले ९ सय ९३ मत प्राप्त गर्नुभएको हो । एमालेबाट कुलराज गिरीले ८ सय ८५ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी गाउँपालिका उपाध्यक्षमा नेकपा माओवादी केन्द्रबाट पुष्पा यादवले १३ सय १३ मत प्राप्त गर्दा, नेपाली कांग्रेसबाट धनपतीदेवि यादवले १ हजार २० मत प्राप्त गर्नुभएको छ । एमालेबाट उपाध्यक्ष पदका उम्मेदवार सिता यादवले ८ सय ४५ मत प्राप्त गर्नुएको छ ।

यस्तै राजपुर गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष पदका उम्मेदवार पुष्कर वलीले अग्रता कायम राख्नु भएको छ । १५ सय मतगणना गरिसक्दा उहाँले ६ सय ५२ मत प्राप्त गर्दा, कांग्रेसबाट लालविर खड्काले ६ सय २९ मत प्राप्त गर्नुभएको छ । एमालेबाट पूर्णबहादुर रोकाले १ सय १३ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी राजपुर गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष पदका उम्मेदवार श्यामबहादुर रोकाले १२ सय मतगणना गरिसक्दा ५ सय १० प्राप्त गर्दा, कांग्रेसबाट सन्तराम चौधरीले १ सय ४२ मत प्राप्त गर्नुभएको छ । एमालेबाट राजेन्द्र चौधरीले ४ सय ४७ मत प्राप्त गर्नुभएको छ ।।

Facebook Comments