हिमाल महरा बैशाख ३१ बंगलचुलि। बंगलाचुलि गाउँपालिकामा मतगणना जारि रहेको छ ।मुख्य निर्वाचन अधिकृत हिरण्ड प्रसाद भण्डारीका अनुसार बंगलाचुली वडा न. १ को ८१४ मत गन्दा पालिका अध्यक्षमा गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन्।
गठबन्धनका अध्यक्ष पदका उम्मेदवार तुलसिराम पुनले अहिलेसम्म ४०० मत प्राप्त गरेका छन्।
त्यस्तै एमाले अध्यक्ष पदका उम्मेदवार भेषराज खत्रीले ३२८ मत, मंगोल नेशनल अध्यक्ष पदका उम्मेदवार गिताकुमारि पुनले ४ मत प्राप्त गरेकी छिन ।
उपाध्यक्षमा पनि गठबन्धनका उम्मेदवार अगाडि छन्।
काङ्ग्रेसका उम्मेदवार भक्त बहादुर जिसिले ४१७ प्राप्त गरेका छन भने उपाध्यक्षमा एमालेको उम्मेदवार सरस्वती घर्ती मगरले ३२० र मंगोल नेस्नलका सालिकराम सार्कीले ७ मत प्राप्त गरेको छिन ।
बंगलचुली वडा न. १मा नेपाली कांग्रेसका वडा अध्यक्ष पदका उम्मेदवार बिस्णु विष्णु कंवरले ३९० मत प्राप्त गरेको छन एमालेका वडा अध्यक्ष पदका उम्मेदवार पुस्पराज भण्डारीले ३५३ मत प्राप्त गरेको छन। अब गन बाकी ३०० रहेको छ ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
