• ६ जेष्ठ २०८३, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
बंगलाचुलि गाउँपालिकामा मतगणना जारि, गठबन्धन अग्रता




बंगलाचुलि गाउँपालिकामा मतगणना जारि।मुख्य निर्वाचन अधिकृत हिरण्ड प्रसाद भण्डारीका अनुसार बंगलाचुली वडा न. १ को ५१४ मत गन्दा पालिका अध्यक्षमा गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन्।
गठबन्धनका अध्यक्ष पदका उम्मेदवार तुलसिराम पुनले अहिलेसम्म २५० मत प्राप्त गरेका छन्।
त्यस्तै एमाले अध्यक्ष पदका उम्मेदवार भेषराज खत्रीले २१६ मत, मंगोल नेशनल अध्यक्ष पदका उम्मेदवार गिताकुमारि पुनले ४ मत प्राप्त गरेकी छिन ।
उपाध्यक्षमा पनि गठबन्धनका उम्मेदवार अगाडि छन्।
काङ्ग्रेसका उम्मेदवार भक्त बहादुर जिसिले २५९ प्राप्त गरेका छन भने उपाध्यक्षमा एमालेको उम्मेदवार सरस्वती घर्ती मगरले २११ र मंगोल नेस्नलका सालिकराम सार्कीले ७ मत प्राप्त गरेको छिन ।
बंगलचुली वडा न. १मा नेपाली कांग्रेसका वडा अध्यक्ष पदका उम्मेदवार २४४ मत प्राप्त गरेको छन एमालेका वडा अध्यक्ष पदका उम्मेदवार पुस्पराज भण्डारीले २३४ मत प्राप्त गरेको छन।

Facebook Comments