• १० जेष्ठ २०८३, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
भालुबाङबाट सडक मानवको उद्वार




जगत खनाल/आज बिहान राप्ती गाउँपालिका वडा नम्बर १ भालुबाङ पुल्चोक बाट एक सडक मानबको उद्वार गरिएको छ ।
प्युठान एरावती ४ धुबाङ घर बताउने अन्दाजी ३० वर्षको सुरेश गुरुङ नाम गरेको एक युवालाइ निलसेवा आश्रम दाङ जिल्ला अध्यक्ष प्रकाश बिष्टको नेतृत्वमा गएको एक टोलिले उद्वार गरि उपचारको लागि राप्ती बिज्ञान प्रष्ठिठान घोराहिमा पठाइएको छ ।
२ दिन देखि सडकमा अलपत्र परेका ती युवा सिकिस्त बिरामी रहेका छन । हातखुट्टा सुन्निएका छन् । स्थानीय , नेपाल प्रहरीको सहयोगमा उद्वार गरिएको हो ।
प्युठान घर बताउने ती युवाको परिवार सङ सम्पर्क गर्न खोजे पनि यो समाचार तयार पार्दा सम्म अझै सम्पर्कमा आइ नसकेको निलसेवा आश्रमका अध्यक्ष प्रकाश बिष्टले जानकारी दिनु भएको छ ।

Facebook Comments