बैशाख २७ देउखुरी , जगत खनाल
राप्ती गाउँपालिका वडा नम्बर १ भालुबाङ पुल्चोक मा आज नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाको संयुक्त गठबन्धन द्वारा आज प्रतिनिधि मुलक चुनाबी सभा सम्पन्न भएको छ।
माओवादी केन्द्र राप्ती गाउँपालिका संगठन कमिटी अध्यक्ष स्यामेस चौधरीको अध्यक्षता र माओवादी केन्द्र का केन्द्रीय सदस्य तथा पुर्वा सामान्य प्रशासन मन्त्री रेखा शर्माको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्ने वक्ताहरुले राप्ती गाउँपालिका लाई नेपाल कै नमुना गाउँपालिका बनाउन यस गठबन्धन लाई जिताउन आग्रह गर्दै सम्पुर्ण जनतालाइ नमुना गाउँपालिका बनाउने अभियानमा सहभागी हुनपनि अनुरोध गरेका थिए ।
लुम्बिनी प्रदेशको राजधानी भएको गाउँपालिका भएका ले पनि राजधानी कार्यान्वयन गर्न संयुक्त गठबन्धन लाई जिताउनु पर्ने पनि जिकिर गरेका थिए ।
स्वास्थ्य , शिक्षा , कृषि लगायतका बिषयमा आमूल परिवर्तन गर्न , भुमिहिन सुकुम्बासी जनता लाई भुमिको व्यवस्था गर्न पनि यो गठबन्धन लाई जिताउनु पर्ने बताएका थिए ।
उक्त चुनावी सभामा पुर्व सामान्य प्रशासन मन्त्री रेखा शर्मा , लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजित चौधरी , राष्ट्रिय जनमोर्चाका दाङ जिल्ला अध्यक्ष गणेश आचार्य , गठबन्धनका राप्ती गाउँपालिका अध्यक्ष पदका उम्मेदवार प्रकाश बिष्ट , उपाध्यक्ष पदका उम्मेदवार केशव राज खनालले सभालाई सम्बोधन गरेका थिए ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
