• ८ मंसिर २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
कम्युनिष्टको किल्लामा सत्ताको किलो गाड्ने बुद्ध बस्नेतको तयारी




कम्यूनिष्टको गढ मानिने प्युठान जिल्लाको एउटा पालिका हो ऐरावती गाउपालिका । अर्घाखाचि जिल्लासमेत छोएको यस पालिकाको स्थानिय तहको निर्वाचन रोचक वन्दै गएको छ ।

आक्रामक रुपमा संगठन विस्तार गरिरहेको माओवादी केन्द्र र यसका स्थानिय नेता तथा २०७४ को स्थानिय तहको निर्वाचनमा उपाध्यक्षमा निर्वाचित बुद्ध वहादुर बस्नेतको लोकप्रियता देखेर आत्तिएका कांग्रेस र राजमोले गठवन्धन गरी निर्वाचनमा गएपश्चात माओवादी केन्द्र एक्लै निर्वाचनमा जाने र जितेर देखाउने संकल्पका साथ अगाडि वढने निर्णय गर्यो ।

उक्त निर्णयमा साथ दिन आईपुगे २०७४ को स्थानिय तहको निर्वाचनमा अध्यक्ष पदमा १६ मतले मात्र पराजित उम्मेदवार तथा नेकपा एमालेका प्रदेश कमिटि सदस्य तथा ऐरावती गाउपालिका ईन्चार्ज पुराना वामपन्थि नेता टिका वहादुर गुरुङ । गुरुङले कम्युनिष्ट मतको सम्मान गरी ऐरावतीलाई वामको गढ वनाउन भन्दै स्वतन्त्र तर्फ उपाध्यक्षमा उम्मेदवारी दिए । यसैगरी २०७४ को स्थानीय तहको निर्वाचनमा वडा नं ६ को वडा अध्यक्ष पदमा ८३ मतले मात्र पराजित भएका नेपाली कांग्रेसका उम्मेदवार ईन्द्र वहादुर खडका पनि जनप्रिय उम्मेदवार बुद्ध वहादुर बस्नेतलाई जिताउन भन्दै वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दर्ता गरे ।

स्वतन्त्र उम्मेदवारी दिएका गुरुङ र खडका लौरो चुनाव चिन्हवाट र हसिया हतौडा चुनाव चिन्हवाट अध्यक्षका उम्मेदवार बुद्ध वहादुर बस्नेतसहित माओवादी केन्द्रका अन्य उम्मेदवार संयुक्तरुपमा आक्रामक चुनावी प्रचारमा लागेका छन ।

२०७४ को निर्वाचनमा उपाध्यक्षमा निर्वाचित भएपश्चात जनताको घर दैलौमा सवै भन्दा वढी पुग्ने, जनताका कुनैपनि समस्यालाई सामाधान गर्न प्रयास गर्ने, प्रदेश तथा केन्द्रमासमेत पहुच पुर्याई विकासका योजना ल्याउने, जिल्लाका सवै कार्यालयमा समन्वयकारी भूमिका खेल्ने, कोरोनाले आक्रान्त वनाएको समयमा नेपालका अन्य जिल्ला र भारतमा अलपत्र परेका ऐरावतीवासीलाई घर सम्म पुर्याउने, क्वारेन्टाईन व्यवस्थापन देखि विरामीको उपचारसम्म सक्रियताकासाथ समर्पित भएका बस्नेतको काम गर्ने शैलीको स्थानियवासी प्रसंसा गर्छन ।

गाउपालिकाको तर्फवाट जिल्लाका सवै कार्यालयहरुमा समन्वय गर्ने सन्दर्भमा अध्यक्ष भन्दा उपाध्यक्ष बस्नेत वढि सक्रिय र समन्वयकारी भूमिका निर्वाह गर्ने गरेको प्यूठान जिल्लामा कार्यरत कर्मचारी वताउछन । अध्यक्ष नविल विक्रम शाहको त प्रायजसो फोन स्विच अफ हुन्छ फोन लागिहाले पनि के के वाहाना वनाएर पन्छिन खोज्नुहुन्छ हामिले समन्वय गर्ने भनेकै उपाध्यक्ष बुद्ध वहादुर बस्नेतसंग हो एक कार्यालयका कार्यालय प्रमुखले वताए । वौद्दिक सैद्धान्तिक, भद्र सालिन र ईमान्दार नेताको छवि वनाएका बस्नेत अन्य दलका नेता तथा कार्यकर्तामा समेत प्रिय रहेका छन ।

अध्यक्षमै प्रतिस्प्रधामा रहेका अन्य उम्मेदवारहरु जनताको सेवा र ऐरावतीको विकासमा अनुदार रहेको कारण पनि बस्नेतलाई जनताको राम्रो साथ रहेको वताईन्छ । नेपाली कांग्रेसवाट निर्वाचित भएका नविल विक्रम शाहको राजा स्वभाव र रवाफ प्रति जनस्तरमा असन्तुष्टि वढेकै कारण २०७४ मा एकल जित हात पारेका शाह अहिले मसालको सहयोगमा अध्यक्ष उम्मेदवार वनि एकल प्रतिस्प्रधावाट भागेको र शाहले ५ वर्षमा देखाएको अनुदारता र तानाशाही प्रवृतिका विरुद्द जनता एक ठाउमा आएकोले पनि माओवादी केन्द्रको जित निश्चित रहेको स्थानिय वताउछन । गणतन्त्रका राजा नविल शाहको शासनवाट जनस्तरमा कांग्रेसको समेत साख गिरेकोले यस पटक ऐरावतीका राजा फाल्ने पकलाका कांग्रेस कार्यकर्ताले वताए ।

अध्यक्षका उम्मेदवार बस्नेतको राजनैतिक यात्रा
जनयुद्दकै समयमा २०५३ जेठ ५ गते सदस्यता लिई राजनीतिमा सक्रिय रहेका बुद्ध वहादुर बस्नेत २०५५ सालमा प्यूठान जिल्ला कमिटि सदस्य भै जिल्लाका अन्य दल, समाजसेवी, संचारकर्मीसमेतसंग समन्वयको जिम्मा पाएका थिए ।

२०५८ सालमा माओवादी केन्द्र निकट किसान महासंघको प्यूठान जिल्ला अध्यक्ष र पार्टिको काठमाण्डौ-प्यूठान सम्पर्क मञ्चको संयोजक, २०७१ मा वाईसिएल प्यूठान जिल्ला अध्यक्ष, २०७२ सालमा किसान महासंघको केन्द्रिय सचिव र लुम्विनि प्रदेश संयोजक भएका बस्नेत हाल पार्टिको ऐरावती ईन्चार्ज र लुम्विनि प्रदेश कमिटि सदस्य हुन । जुनसुकै जिम्मेवारीमा रहेर सक्रिय रहदा बस्नेतको सहयोगी, मिलनसार र समन्वयकारी भूमिकाको माओवादी केन्द्रभित्र तथा अन्य दलले समेत प्रशंसा गर्ने गर्दछन ।

बस्नेतका प्रतिवद्धता र जितका आधार

जनताको सेवा नै आफनो धर्म र ऐरावतीको विकास नै आफनो कर्म रहेको वताउने बस्नेतले आफुले उपाध्यक्ष र जनताको सेवकको हैसियतमा गरेको योगदानकै कारण पछिल्लो समय नेपाली कांग्रेस, राजमो र एमालेवाट १५०० भन्दा वढि कार्यकर्ता माओवादी केन्द्रमा जोडिएको, सवै ऐरावतीवासीलाई आफुले समान व्यवहार गरेकै कारण सवैले आफुलाइ पार्टि भन्दा माथिवाट हेर्ने गरेको र पछिल्लो ५ वर्षमा अध्यक्ष र उपाध्यक्षले गरेका कार्यको सहि मुल्याङ्कन गरी जनताले आफुलाई अध्याधिक वहुमतसहित निर्वाचित गराउनेमा आफु ढुक्क रहेको र निर्वाचन प्रचारका दौरान देखिएको जन आकर्षण र जनविश्वासले समेत यसको पुष्टि गरेको वस्नेतले वताए । ऐरावती गाउपालिकामा माओवादी केन्द्रको संगठन वलियो रहेको, नेकपा एमालेका पालीका ईन्चार्ज देखि नेपाली कांग्रेस र राजमोका ईमान्दार नेताहरु सम्मले समर्थन गरेको, स्थानियस्तरमा रुचाइएका उम्मेदवार रहेको, २०७४ मा निर्वाचित अध्यक्ष नबिल शाहप्रति जनताको असन्तुष्टि र बस्नेतप्रतिको जनलहरले निजको जित पक्का रहेको देखिन्छ ।

दुर्गम पालीकाको रुपमा लिईने गरेको ऐरावतीलाई सुगम पालीकाको रुपमा विकास गर्ने र जनताका हर सुख दुखमा साथ दिने संकल्प गरेका बुद्ध वहादुर बस्नेतले आफु निर्वाचित भएपश्चात गर्ने कार्य सम्वन्धमा निम्न वमोजिमका मुख्य प्रतिवद्दताहरु अगाडी सारेका छन ।
१. सामाजिक सुरक्षा भत्ता लिनको लागि ज्येष्ठ नागरिकलाई घरदेखि बैंकसम्म जान र फर्कनको लागि निःशुल्क यातायातको व्यवस्था गरिनेछ ।
२. कृषिको आधुनिकीकरण, सहकारीकरण, व्यवसायीकरण, बजारीकरण गर्न समग्र एकीकृत कृषि विकास नीति तीन महिना भित्र बनाई कार्यान्वयन गरिनेछ।
३. विभिन्न क्षेत्रमा सुन्तला कागती जन्य फलफूल उत्पादन, ओखर, टिमूर, अम्रिशो लगायतका आयमूलक विरुवा रोपन, व्यावसायिक बाख्रापालन, चिया, तथा कफी खेतिको सम्भाव्यता अध्ययन र खेति र शितभण्डार निर्माण गरिनेछ ।
४. उत्पादनमुलक उद्दोग स्थापनाका साथै घरेलु तथा साना उद्दोग संचालनमा जोड दिइनेछ ।
५. रोजगारीको सृजना र उत्पादन तथा उद्यमशिलता गर्न इच्छुक युवायुवतीलाई सहुलियत ऋणको व्यवस्था गरिनेछ ।
६. कृषकको गोठ तथा फार्ममा कृषि तथा पशुविज्ञ अनिवार्य रुपमा पुग्ने व्यवस्था गरिनेछ ।
७. वर्षमा २/२ जना विद्यार्थीलाई MBBS र नर्स साथै १ जना विद्यार्थीलाई पाईलट अध्ययनको लागि सम्पूर्ण शुल्क सहयोग गरिनेछ ।
८. वडा नं ४ को तिल्केनी चुत्रेनी क्षेत्र सहित स्वास्थ्य संस्थाबाट टाढा रहेका स्थानमा ६ महिनाभित्र सामुदायिक स्वास्थ्य ईकाई स्थापना गरिनेछ ।
९. स्वास्थ्य संस्था र वडा कार्यालयको मातहत रहनेगरी पालिकाभित्र कम्तिमा तीन वटा एम्बुलेन्स सेवा उपलब्ध गराईनेछ । ज्येष्ठ नागरीक र सुत्केरी महिलालाई निःशुल्क एम्बुलेन्स सेवा उपलव्ध गराईनेछ
१०. ज्येष्ठ नागरिक तथा दिर्घरोगीहरुको लागि मासिक रुपमा डाक्टर घरदैलो कार्यक्रम लागू गरिनेछ ।
११. छोरी जन्मिने बित्तिकै रु. २,०००/- छोरीको खातामा जम्मा गर्ने व्यवस्था मिलाईनेछ ।
१२. एक घरपरिवारलाई मासिक २० युनिटसम्म विद्युत महशुल निःशुल्क बनाईनेछ ।
१३. लिफ्ट खानेपानी र लिफ्ट सिँचाईको विद्युत महसुल पूर्ण निःशुल्क बनाईनेछ ।
१४. खानेपानी योजनामा एक घर एक धाराको नीतिलाई कार्यान्वयन गरिनेछ ।
१५. ऐरावती गाउँपालिकालाई पूर्णरुपमा जातीय छुवाछुतमुक्त बनाईनेछ ।
१६. चेरनेटा – पुरनठाँटी – जोगीटारी सडक मार्ग कालोपत्रे गरिनेछ ।
१७. चेरनेटा – चिना – जाबुने – अमिलि – कोलबोट – अर्घाखाँची सडक कालोपत्रे गरिनेछ ।
१८. बरौंला – कडकुरा – डाब्रा – माझिदमार – अर्घाखाँची सडक ४ लेनमा विस्तार गरी कालोपत्रे गरिनेछ ।
१९. सबै घरका खरका छाना विस्थापित गरी जस्ताको छाना लगाउने व्यवस्था गरिनेछ ।
२०. व्यक्तिगत घटना दर्ता लगाएतका अधिकांश सेवा अनलाईन प्रणालीबाट गरीने व्यवस्था मिलाईने छ ।
२१. निजी शिक्षकहरुलाई गाउँपालिकाको दरबन्दीमा मिलान गरिने छ ।

Facebook Comments