जगत खनाल/नेकपा माओवादी केन्द्रका केन्द्रीय प्रबक्ता तथा पुर्व सभामुख कृष्ण बहादुर महराले राप्ती गाउँपालिकामा नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाको संयुक्त गठबन्धनले निर्वाचन जित्ने विभिन्न क्षेत्रबाट आफुले सूचना पाएको बताउनु भएको छ ।
हिजो राप्ती गाउपालिका वडा नम्बर ३ मसुरियामा भएको बिसाल चुनाबी सभालाइ सम्बोधन गर्दै प्रबक्ता महराले उक्त कुरा बताउनु भएको हो । विभिन्न क्षेत्रबाट सुचना पाएको छु यस गाउपालिकामा गठबन्धनले निर्वाचनमा बिजय हुने कुरामा बिश्वास लिएको छु नेता महराको भनाइ थियो ।
उक्त सभालाई सम्बोधन गर्दै नेता महराले प्रतिगमनलाई रोक्न राष्ट्रिय रुपमा विभिन्न पार्टीहरु सङ गठबन्धन गर्नु परेको पनि जिकिर गर्न भएको थियो । लुम्बिनी प्रदेशको राजधानी व्यवस्थापन गर्न राप्ती गाउपालिकाको महत्त्वपूर्ण जिम्मेवारी रहेको बताउदै सबै समस्या समाधान गरि उचित व्यवस्था गर्न पनि आग्रह गर्नु भएको थियो ।
माओवादी केन्द्र राप्ती गाउपालिका वडा नम्बर ३ वडा कमिटिका अध्यक्ष आनन्द कुमार परियारको अध्यक्षता मा सम्पन्न कार्यक्रम लाई गठबन्धन बाट अध्यक्ष पदका उम्मेदवार प्रकाश बिष्ट र उपाध्यक्ष पदका उम्मेदवार केशब राज खनाल ले सम्बोधन गर्नु भएको थियो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।