स्थानीय तहको दोस्रो निर्वाचन यही बैशाख ३० गते हुँदै छ । आसन्न स्थानीय तहको निर्वाचनका लागि राजनीतिक दलहरुको उम्मेवदारी दर्ता भइसकेको छ । सोही निर्वाचका लागि दाङको दुर्गम क्षेत्रमा रहेको बंगलाचुली गाउँपालिका ३ नम्बर वडाको अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराउनु भएका ने.क.पा.(माओवादी केन्द्र)का उम्मेदवार शोभराज विश्वकर्मासँग सिस्ने अनलाइनका संवाददाता हिमाल महराले चुनाव केन्द्रीत संक्षिप्त कुराकानी गर्नुभएको छ ।
१) स्वागत छ, हजुरलाई सिस्ने अनलाइनमा ?
– धन्यवाद सिस्ने अनलाइनलाई ।
२) तपाईले स्थानीय निर्वाचनको लागि कुन पदमा उम्मेदवारी दर्ता गराउनु भयो र किन ?
– मैले बंगलाचुली गाउँपालिका वडा नं. ३ को अध्यक्ष पदका लागि नेकपा (माओवादी केन्द्र) बाट उम्मेदवारी दिएको छु । वडा अध्यक्षमा उम्मेदवार दर्ता किन गरे भन्दा मैले सुरुवात गरेका विकासका कामलाई पुरा गर्नका लागि मेरो उम्मेदवारी रहेको छ ।
३) नेता चुवानको समयमा जनताको घरघरमा जाने तर, चुनाव सकिएपछि जनतालाई बिर्सने हुन्छन् भनेर जन गुनासो सुनिन्छ त्यसमा तपाई के भन्नुहुन्छ ?
– यो प्रश्न जायज कुरा हो । तर मेरो पहिलो कार्यकालमा प्रत्येक महिनामा प्रत्येक टोल पुगी समस्या हल गर्ने र जनगुनासो सुने गर्थे र आर्थिक बर्षको बजेट बिनियोजित गर्दा हामी जनताको घरघरमा पुगेर समस्या के हो टिप्पणी गरि कार्यनीतिमा लागू गर्ने समेत गरेका थिए ।
४) तपाईको चुनावी एजेण्डा के छ ?
– शिक्षा, स्वास्थ्य, कृषि र रोजगारी मेरो मुख्य एजेन्डा रहेको छन् ।
५) चुनावी एजेण्डाहरु प्रायः घोषणा पत्रमै सीमित हुने गरेको पाइन्छ नि ?
– हाम्रो चुनावी एजेन्डाहरु घोषणा पत्रमा मात्र सिमित हुने छैनन् भन्ने हाम्रो वडा बासीलाई अवगत नै छ । किनभने मेरो पहिलो कार्यकालमा मेरो बाचाहरु पुरा गर्दै आएको थिए र नेकपा माओवादी केन्द्र कै नेतृत्वमा भएको १० बर्ष जनयुद्ध २०६२ /०६३ को जन आन्दोलनले ल्याएको व्यबस्थापिकामा संघीय लोकतान्त्रिक गणतन्त्र , धर्म निरपेक्ष ,समाबेशी समानुपातिक , जातीय छुवाछूत अन्त्य , महिलालाई ३३ प्रतिशत अधिकार लगाएत कृषि ऋण मिनाहा जस्ता विविध काम भएको कुरो अथावत नै हो नि त्यसैले जनसमुदायहरु धुक्क हुनुहोस् भन्न चाहाछु ।
६) यदि तपाईले चुनाव जित्नु भयो भने के के काम गर्नुहुन्छ ?
– यदि मैले चुनाब जिते भने स्वास्थ्य ,शिक्षा, कृषि, रोजगार ,बाटो घाटोलाई बिशेष पहल गर्ने छु ।
७) अन्त्यमा केही भन्नु छ ?
– विगत निर्वाचित भएर काम गर्दै गर्दा सहयोग गर्नु हुने उपभोक्ता समिति, विभिन्न राजनितिक दल, जनसमुदाय, कर्मचारी लगात सम्पूर्ण कार्यपालिका टिमलाई विशेष धन्यावद दिन चाहन्छु । साथै यो ५ बर्ष कार्यकालमा काम गर्दैगर्दा जान, अनजानमा भएका कमिकम्जोरीलाई क्षमा माग्न चाहन्छु । साथै यो ५ बर्षसम्म आफुले गरेको अनुभलाई अभै निखारका साथै योजनाहरु बनाई काम गर्ने प्रतिबधता गर्दछु ।
फेरी पनि आसन्न बैशाख ३० गते हुने स्थानीय तहको चुनावमा मेरा सम्पुर्ण आमा,बुवा ,दिदि बहिनी दाजुभाईहरुले आफ्नो अमूल्य भोट दिएर अत्यधिक बहुमतले बिजयी गराउनुहुन हार्दिक अपिल गर्दछु ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।