• ८ मंसिर २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
‘पूर्वाधारलाई दिगोपन बनाउन मेरो उम्मेदवारी’




स्थानीय तहको दोस्रो निर्वाचन यही बैशाख ३० गते हुँदै छ । आसन्न स्थानीय तहको निर्वाचनका लागि राजनीतिक दलहरुको उम्मेवदारी दर्ता भइसकेको छ । सोही निर्वाचका लागि दाङको दुर्गम क्षेत्रमा रहेको बंगलाचुली गाउँपालिका ३ नम्बर वडाको अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराउनु भएका नेपाली कांग्रेसका उम्मेदवार टेकबहादुर थापासँग सिस्ने अनलाइनका संवाददाता हिमाल महराले चुनाव केन्द्रीत संक्षिप्त कुराकानी गर्नुभएको छ ।No description available.
१) स्वागत छ, तपाईलाई सिस्ने अनलाइनमा ?
– धन्यवाद सिस्ने अनलाइनलाई ।
२) तपाईले स्थानीय निर्वाचनको लागि कुन पदमा उम्मेदवारी दर्ता गराउनु भयो र किन ?
– मैले बंगलाचुली ३ नम्बर वडाको अध्यक्षका पदमा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवारी दिएको छु ।
किनभने पूर्वाधारलाई दिगोपन दिदै आर्थिक सम्पन्नताको बाटोमा जान मेरो उम्मेदवार रहेको छ ।
३) नेता चुवानको समयमा जनताको घरघरमा जाने तर, चुनाव सकिएपछि जनतालाई बिर्सने हुन्छन् भनेर पनि जन गुनासो सुनिन्छ, त्यसमा तपाई के भन्नुहुन्छ ?
– नागरिकको यो गुनासो उत्पन्न जायज छ । मेरो बिचारमा राजनीति पेशा होइन् सेवा, निश्वार्थ हुन जरुरी छ । जनप्रतिनिधिहरु जनताको घरघरमा पुगि समस्या, पीडा बुजि समस्या हल गर्नु पर्ने छ त्यसैले साच्चिकै जनप्रतिनिधि हुन सकेमा यी प्रश्न स्वत कम हुँदै जाने छन् ।
४) तपाईको चुनावी एजेण्डा के – कस्ता छन् ?
– हाम्रो चुनावी एजेण्डाहरु निम्नानुसार रहेका छन् । जसमा कृषिभूमि तथा क्षेत्रको पहिचान गरी स्मार्ट कृषि विस्तार गर्ने, विद्यालयको पहुँचमा रहेका बालबालिकाहरुलाई गुणस्तरीय तथा प्राविधिक शिक्षा र विद्यालयको पहुँच भन्दा बाहिर रहेका टोल तथा क्षेत्रमा बालबालिका वा पूर्व प्राथमिक विद्यालयको व्यवस्था, प्रत्येक वर्ष प्रत्येक टोलका कम्पतीमा ५ जना विदेशिएको युवाहरुलाई स्वदेशमै बसाल्न सीपमूलक तालिम तथा त्यसको कार्यन्वयन ,खानेपानी व्यवस्था भएको ठाउँमा एक घर एक धारा, खानेपानीको पहुँच नभएको ठाउँमा प्रत्येक टोलटोलमा खानेपानीको व्यवस्था आवश्यक र सम्भावित क्षेत्रमा सिचाई, ड्यामको व्यवस्था मुख्य एजेण्डा रहेका छन् ।
५) चुनावी एजेण्डाहरु प्रायः प्रतिवद्धता पत्रमै सीमित हुने गरेको पाइन्छ नि ?
– मेरो प्रतिवद्धता पत्रमा समाजका यथार्थ र जनताका आवश्यकता अनुरुप हुने छन् । कार्यान्वय गर्न सकिने भएपछि किन प्रतिवद्धता कार्यान्वय नहोला र ।
६) यदि तपाईले चुनाव जित्नु भयो भने के– के काम गर्नुहुन्छ ? र वडालाई कस्तो बनाउनु हुन्छ ?
– म र मेरो टिम निर्वाचित भएमा निम्नानुसारका कामहरु गर्नेछौं । जसमा स्वच्छ र निश्पक्ष रुपमा वडा सरकार संचालन गर्ने, गरिब, विपन्न परिवारको पहिचान गरेर सरकारी सेवा सुविधा प्रदान गर्र्ने, भ्रष्टाचार, ढिलासुस्ती जस्ता कामलाई न्यूनिकरण गर्दै जिरोमा लैजाने, युवालाई कृषि क्षेत्रमा आर्कषित गर्दै युवालाई स्वरोजगार बनाउने प्रयास गर्ने, विपन्न वर्गका विद्यार्थीलाई उच्च शिक्षा प्रदान गर्ने छु ।
७) अन्त्यमा केही भन्नु छ ?
– हाम्रो ३ नं.वडाबासी नेपाली कांग्रेस तर्फबाटका उम्मेदवारका टिमलाई र बंगलाचुली गाउँपालिकाको अध्यक्ष पदमा तुलसिराम पुन र उपाध्यक्ष पदमा भक्त बहादुर जिसीलाई आफ्नो अमूल्य मतदान गरी वियजी गराउन अपिल गर्दछु ।

Facebook Comments