• ८ मंसिर २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
‘वडाको सेवालाई प्रभावकारी बनाउन मेरो उम्मेदवारी’




स्थानीय तहको दोस्रो निर्वाचन यही बैशाख ३० गते हुँदै छ । आसन्न स्थानीय तहको निर्वाचनका लागि राजनीतिक दलहरुको उम्मेवदारी दर्ता भइसकेको छ । सोही निर्वाचका लागि रोल्पा जिल्लाको दक्षिण क्षेत्रमा रहेको रुन्टीगढी गाउँपालिका ६ नम्बर वडाको अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराउनु भएका नेपाली कांग्रेसका उम्मेदवार नारायणप्रसाद लामिछानेसँग सिस्ने अनलाइनका प्रवन्ध–सम्पादक जंगबहादुर रेउलेले चुनाव केन्द्रीत संक्षिप्त कुराकानी गर्नुभएको छ ।

No description available.
१. स्वागत छ, हजुरलाई सिस्ने अनलाईनमा ?
– धन्यवाद सिस्ने अनलाइनलाई ।
२. तपाईले स्थानीय निर्वाचनको लागि कुन पदमा उम्मेदवारी दर्ता गराउनु भयो र किन?
–  मैले रुन्टीगढी गाउँपालिका वडा नं. ६ को अध्यक्षमा नेपाली कांग्रेसबाट उम्मेदवारी दर्ता गराएको छु । वडापालिकाबाट प्रवाह गरिने सेवालाई प्रभावकारी, पारदर्शिता र सहभागितामुलक बनाउन मेरो रुन्टीगढी गाउँपालिका वडा नं. ६ को वडा अध्यक्ष पदमा मेरो उम्मेदवारी रहेको छ ।No description available.
३. नेता चुनावको समयमा जनताको घरघरमा जाने तर, चुनाव सकिएपछि जनतालाई विर्सने हुन्छन् भनेर जनगुनासो सुनिन्छ, त्यसमा तपाईको के भन्नुहुन्छ?
– स्वाभाविक रुपमा २०४६ पछिको राजनितिक परिवर्तन सँगै जनताले जनप्रतिनिधिबाट जनजीविकाको सवालमा आमुल परिवर्तन हुन्छभन्ने बुझाई स्थापित गरियो तथापी देशमा भएको तत्कालिन माओवादीको शसस्त्र द्वन्द्व, ०६२/०६३ को जन आन्दोलनले जनताको जननीविकाका सवालहरु ओझेलमा परे । त्यसपछि संघियलोकतान्त्रिक गणतन्त्रात्मक राज्यव्यवस्था सहितको संविधान २०७२ आयो र पहिलो स्थानीय सरकारको अवधिपनि पुरा हुदै गर्दा समेत जनताको अपेक्षा यथोचित सम्वोधन नहुदाँ जनतामा उत्पन्न निराशाका कारण्ङ यस्ता खाले जनगुनासो छ । मेरै वडामा समेत स्थानीय निर्वाचन २०४९ र २०५४ मा नेकपा एमालेले विजयी प्राप्त गरेको र २०७४ को स्थानीय निर्वाचनमा नेकपा माओवादीले विजयी प्राप्तगर्दा समेत जनताको जीविकाको सवाल र सामुदायिक विकासको सन्दर्भमा वडापालिकाको नेतृत्वदायी भूमिका र असल अभिभावकत्व नपाउदा यस्ताखाले जनगुनासो छ । यसलाई जिम्वेवार पार्टीको उम्मेदवारीको हैसियतले गम्भिरतापुर्वक लिएको छु र जनतालाई बुझाउने प्रयासमाछौ र म निरन्तर जनता र जनताका सवालमा जोडिरहेको हुदाँ म प्रतिजनताको विश्वास भएको महशुस गरेको छ ।

४. तपाईको चुनावीएजेण्डा के कस्ता छन् ?
– समुन्नत रुन्टीगढी निर्माणको संकल्प, नेपाली कांग्रेस सवैको विकल्पको नारासहित नेपाली कांग्रेस रुन्टीगढीले १३ वटा क्षेत्रगत विकास सहितको संकल्प पत्र ल्याएको छ । यसको आधारमा
रहेर मेरो वडाविकासका सन्दर्भमापनि प्रभावकारी सेवाप्रवाह, जन सहभागितामुलक योजना निर्माण प्रक्रिया अवलम्वन गरी वास्तविक अतिविपन्न घरधुरीको पहिचान गरी उनीहरुको आवश्यक्तामा आधारित एकीकृत रुपमा उत्थानशिल कार्यक्रममार्फत उनीहरुको जीवनस्तरमा सुधार ल्याउने, यस वडामापर्यटन क्षेत्रको विकासको रुपमा रहेको मुरुल्ले लेकको बृहत्तर विकाससँगै जनजिविकासगं जोड्ने क्रियाकलापलाई केन्द्रित रहने, कृषि क्षेत्रका विकासको लागि सम्भाव्यताको अध्ययन गरी उत्पादनको स्तरिकरणका आधारमा किसान परिचयकार्ड उपलब्ध गराई उत्पादन र विक्री श्रृंखलामा सहयोग पु¥याउने कार्यक्रम लागु गर्नका लागि पुर्वाधार विकास र जनचासोलाई अभिवृद्धिगर्ने कार्यक्रमलाई प्रमूख प्राथमिकतामा राख्ने मेरो प्रमूख एजेण्डा भनु या योजना कोरुपमा रहेको छ ।
५.चुनावी एजेण्डङ प्रायः घोषणा पत्रमै सीमित हुने गरेको पाईन्छ नि?
– स्वाभाविक रुपमा आमनागरिकको चासो यसैमा रहेको छ । हाम्रो अनुरोध हाम्रो घोषणापत्र सुरुक्षित राख्नुहोस र विजयी पश्चात सरकार सञ्चालनको दोरानमा झगझगाउने समेत यहाँको दायित्व हो । नेपालको सन्दर्भमा घोषणापत्रको महत्व र अर्थ समेत आमनागरिकसम्म बुझाउन सकिएको छैन यसमा हामी संवेदनशिल छौ र घोषणापत्रको र मेरो एजेण्डाको बारेमा म गम्भीर्यताकासाथ लाग्ने छु । यहि घोषणापत्र नै मेरो कार्यकालको मार्गदर्शन वन्दछ ।No description available.
६. यदि तपाईले चुनाव जित्नु भयो भने के- के कामगर्नुहुन्छ ? र वडापालिकालाई कस्तो वनाउनुहुन्छ ?
– प्रश्नका लागि धन्यवाद ! हाम्रो वडापालिका अन्यवडाको तुलनामा बढी जनसंख्या भएको, प्राकृतिक रुपमा करिव उष्ण देखि शितोष्ण क्षेत्र रहेको हुदाँ कृषि तथा पशुजन्य उत्पादनको प्रचुर सम्भावनालाई उपायोग गरी पर्यापर्यटनलाई प्राथमिकतामा राख्ने , वडाको केन्द्र रहेको डुब्रिङ बजारलाई केन्द्रियबजारको रुपमा विकास गर्ने जहाँबाट आर्थिक, समाजिक तथा सांस्कृतिक क्रियाकलापलाई जोड दिनेछु ।
७ अन्त्यमा केही भन्नु छ ?
– मेरो वडापालिकामा उम्मेद्वारी दिने अन्य दलका उम्मेद्वारी समेत सवै शैक्षिक, सामाजिक तथा राजनितिक रुपमा परिपक्कछौं भन्ने विश्वास लिएको छु । राजनितिक संस्कारलाई विकास गर्न यस निर्वाचनलाई स्वस्थ प्रतिष्पर्धा गरी समग्र क्षेत्रको विकासमा हातेमालो गर्न सदैवतत्पर रहनुपर्छ । आमजन समूदायलाई हाम्रो पार्टीको चुनाव चिन्ह रुखमा मतदान गरी म लगाएत मेरो टिमलाई मतदान गरी सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु ।पदमा रहेको उम्मेदवारीको पर्टीको चुनाव चिन्ह रुखमा मतदान गरी सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु । यो मेरो विचार राख्ने अवसरका लागि पुनः सिस्ने अनलानलाई विशेष धन्यवाद ।

Facebook Comments