स्थानीय तहको दोस्रो निर्वाचन यही बैशाख ३० गते हुँदै छ । आसन्न स्थानीय तहको निर्वाचनका लागि राजनीतिक दलहरुको उम्मेवदारी दर्ता भइसकेको छ । सोही निर्वाचका लागि दाङको दुर्गम क्षेत्रमा रहेको बंगलाचुली गाउँपालिका २ नम्बर वडाको अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराउनु भएका नेपाली कांग्रेसका उम्मेदवार मैते पुन मगरसँग सिस्ने अनलाइनका संवाददाता हिमाल महराले चुनाव केन्द्रीत संक्षिप्त कुराकानी गर्नुभएको छ ।
१) स्वागत छ, हजुरलाई सिस्ने अनलाइनमा ?
– धन्यवाद सिस्ने अनलाइनलाई ।
२) तपाईले स्थानीय निर्वाचनको लागि कुन पदमा उम्मेदवारी दर्ता गराउनु भयो र किन ?
– मैले बंगलाचुली गाउँपालिका वडा नं. २ को वडा अध्यक्ष पदमा नेपाली कांग्रेसबाट उम्मेदवारी दिएको छु ।
– किनभने सम्रगमा वडाबासीलाई शिक्षा, रोजगारीमूलक कार्य, विकृतिरहित वडा बनाउन मैले उम्मेदवारी दिएको हुँ ।
३) नेता चुवानको समयमा जनताको घरघरमा जाने तर, चुनाव सकिएपछि जनतालाई बिर्सने हुन्छन् भनेर जन गुनासो सुनिन्छ, त्यसमा तपाई के भन्नुहुन्छ ?
– गाउँघरमा जादा यो गुनासोहरु यदाकता सुनिने गरेको पाइएको छ । तर, राजनीति पेशा होइन्, समाज सेवा हो । तसर्थ हरेक राजनीतिक दलका नेता तथा जनप्रनिधिहरु सदैव जनताको बीचमा हुन जरुरी छ । प्रत्येक महिनामा प्रत्येक टोलमा जनप्रतिनिधि पुगेर त्यहाको समस्या हल गर्नुपर्ने छ र हामी त्यसलाई कार्यन्वयन गर्न प्रतिवद्धता समेत जनाउछौं ।
४) तपाईको चुनावी एजेण्डा के कस्ता छन् ?
– मुख्य एजेन्डा मेरो वडामा शिक्षालाई प्रथामिकता दिएर शिक्षित वडा बनाउने र प्रत्येक घरमा खानेपानीको धारा पु¥याउने , पानीको मुहानको पहिचान गरि प्रत्येक टोलमा कृषिकहरुलाई सिचाईको लागि ड्याम निर्माण गर्ने जस्ता एजेण्डाहरु रहेका छन् ।
५) चुनावी एजेण्डाहरु प्रायः घोषणा पत्रमै सीमित हुने गरेको पाइन्छ नि ?
– खासमा चुनावी एजेण्डाहरु जनताको धरातलिय स्वरुपमा आधारित हुनुपर्छ । तर, त्यो नहुँदा केही जनतासामु गरिएका कतिपय बाँचा तथा प्रतिवद्धताहरु घोषणा पत्रकै सीमित हुन पुग्छन् । यस पटकको जनप्रतिनिधिहरु त्यस्ता छैनन्, गाउँमा घुम्छन् र जनाताको भावना बुझ्ने तयारीमा छन् । हामीले गर्न सक्ने काममात्र जनतासामु आफ्ना एजेण्डाहरु लिएर गयौैं भने सो पत्र घोषणा पत्रमा सीमित हुनैनन् ।
६) यदि तपाईले चुनाव जित्नु भयो भने के–के काम गर्नुहुन्छ ?
– यदि मैले चुनाव जिते भने निम्नानुसारका कामहरु गर्नेछुः
– धिमधिमे पर्यटकीय क्षेत्रमा विकास गर्ने
– खानेपानीको मुहानको संरक्षण गरी एक घर एक धाराको अवधारण अनुसार कार्य गर्ने
– विद्युतीकरणमा निरन्तरता दिने, प्रत्येक घरधुरीमा पुग्ने गरी लाइन विस्तार गर्ने
– सडक निर्माण तथा स्तरोन्नतिमा जोड दिने
– पशुपंछी पालनमा जोड दिने
– प्रत्येक घर एक फलको अवधारणा अनुसार फलफूल खेतीमा जोड दिने
– युवायुवतीलाई खेल क्षेत्रमा विकास गर्ने
– खेलकूद मैदान स्तरोन्नति तथा निर्माण गर्ने
– धार्मिक मठ,मन्दिरको संरक्षण तथा मर्मत गर्ने
– जेष्ठ नागरिकहरुलाई प्रत्येक तीनतीन महिनामा घरमै स्वास्थ्य सेवा उपलब्ध गराइने
– गरीब रेखामुनी रहेका घरधुरीको पहिचान गरी आर्थिक उन्नतिका लागि कार्यक्रम ल्याइने
– शिक्षामा स्तरोन्नति गर्ने
– जीविको उपार्जनका लागि सीपमूलक कार्यक्रम संचालन गर्ने
७) अन्त्यमा केही भन्नु छ ?
– बैशाख ३० गते हुन गहिरहेको स्थानीय तहको निर्वाचनमा सम्पूर्ण वडावासी सहभागी भइ मतदान गर्न हार्दिक अनुरोध गर्दछु र रुख चिन्हमा मतदान गरि नेपाली काँग्रेसको तर्फका उम्मेदवारलाई विजयी गराई दिनुहुन हार्दिक अपिल गर्दछु । साथै मैले बाँचा गरेको सम्पूर्ण काम गर्ने प्रतिवधा समेत गर्दछु ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।