• ८ मंसिर २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
‘समग्र विकासका लागि मेरो उम्मेदवारी’




स्थानीय तहको दोस्रो निर्वाचन यही बैशाख ३० गते हुँदै छ । आसन्न स्थानीय तहको निर्वाचनका लागि राजनीतिक दलहरुको उम्मेवदारी दर्ता भइसकेको छ । सोही निर्वाचका लागि रोल्पा जिल्लाको दक्षिण भेगमा रहेको रुन्टीगढी गाउँपालिका ५ नम्बर वडाको अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराउनु भएका नेपाल कम्युनिस्ट पार्टी ९माओवादी केन्द्रेका उम्मेदवार निराजन घर्तीसँग सिस्ने अनलाइनका प्रबन्ध– सम्पादक जंगबहादुर रेउलेले चुनाव केन्द्रीत संक्षिप्त कुराकानी गर्नुभएको छ ।
No description available.१) स्वागत छ, हजुरलाई सिस्ने अनलाइनमा ?
– धन्यवाद सिस्ने अनलाइनलाई ।
२) तपाईले स्थानीय निर्वाचनको लागि कुन पदमा उम्मेदवारी दर्ता गराउनु भयो र किन ?
– मैले रुन्टीगढी गाउँपालिका वडा नं. ५ को अध्यक्ष पदका लागि नेकपा (माओवादी केन्द्र) बाट उम्मेदवारी दिएको छु । वडा अध्यक्षमा उम्मेदवार दर्ता किन गरे भन्दा समाजमा भएका विभिन्न किसिमका समस्याहरु जस्तै स्वास्थ्य, शिक्षा ,विकास निर्माणका , लगाएत बेरोजगार युवायुुवतीहरुलाई आत्मानिर्भर गर्नको निम्ति निति नीति कार्यक्रमलाई बिशेष पहल गर्न कै लागि मैले वडा अध्यक्ष पदको उम्मेदवारी दिएको हुँ ।

No description available.
३) नेता चुवानको समयमा जनताको घरघरमा जाने तर, चुनाव सकिएपछि जनतालाई बिर्सने हुन्छन् भनेर जन गुनासो सुनिन्छ त्यसमा तपाई के भन्नुहुन्छ ?
– चुनावी समयमात्र नेताहरू जनताका घरघरमा पुग्छन् भन्ने कुरामा यो प्रश्न जायज कुरा हो । तर, मैले वडा अध्यक्ष जित्दै गर्दा प्रत्येक आर्थिक बर्षको बजेट बिनियोजित गर्दा हामी जनताको घरघरमा पुगेर समस्या के हो टिप्पणी गरि कार्यनीतिमा लागू गर्ने छु । नेकपा माओवादी केन्द्रबाट चुनाब जितेर गएपछि जनतालाई बिर्सने काम कदापी हुने छैन् ।
४) तपाईको चुनावी एजेण्डा के- कस्ता छन् ?
– मेरो चुनावी एजेन्डा यस प्रकार रहेका छन्ः
– सर्बप्रथम बाटो पुर्ण रुपले सम्पन्न नभएको हुँदा दुईखोली ,राम्चे ,धौलाबाङ्ग, होलेरी, सैबाङ मोटरबाटो कालो पत्रेको प्रदेश तथा केन्द्र स्थरमा बिशेष पहल गर्नेछु ।
– वडा नं. ५ रहेको बिद्यालयलाई प्लटुसम्म सन्चालन गर्ने छु ।
– आधारभुत स्वास्थ्य सेवा बनाउन नीति एक सय दश प्रकारका औषधी निःशुल्क बितरण गर्ने छु ।
– बेरोजगार युवाहरु स्वरोजगार बनाउनका लागि आधुनिक कृषिमा बिशेष पहल गरिने छ । जस्तैः सिचाईको ब्यबस्थापन गरि युवा शक्तिलाई सामुहिक रूपमा अनुदान तथा सहुलियत रूपमा ऋण को ब्यबस्थापन गर्ने, उत्पादन बस्तु भाउलाइ शीत भण्डार र बजार ब्यबस्थापनको जिम्मा लिने , मूल्यको उचित निर्धारण गर्ने मेरो चुनावी एजेन्डा हुन् ।
५) चुनावी एजेण्डाहरु प्रायः घोषणा पत्रमै सीमित हुने गरेको पाइन्छ नि ?
– हाम्रो चुनावी एजेन्डाहरु घोषणा पत्रमा मात्र सिमित हुने छैनन् । किन भने नेकपा माओवादी केन्द्र कै नेतृत्वमा भएको १० बर्ष जनयुद्ध २०६२÷०६३ को जन आन्दोलनले ल्याएको व्यबस्थापिकामा संघीय लोकतान्त्रिक गणतन्त्र , धर्म निरपेक्ष ,समाबेशी समानुपातिक , जातीय छुवाछूत अन्त्य , महिलालाई ३३५ अधिकार लगाएत कृषि ऋण मिनाहा जस्ता विविध काम भएको कुरो अथावत नै हो नि त्यसैले जनसमुदायहरु धुक्क हुनुहोस् भन्न चाहाछु ।No description available.
६) यदि तपाईले चुनाव जित्नु भयो भने के -के काम गर्नुहुन्छ ?
– यदि मैले चुनाब जिते भने स्वास्थ्य ,शिक्षा,रोजगार ,बाटो घाटोलाई बिशेष पहल गर्ने छु ।
७) अन्त्यमा केही भन्नु छ ?
– मेरा सम्पुर्ण आमा,बुवा ,दिदि बहिनी दाजुभाईहरुमा अपिल गर्न चाहन्छु कि सम्पुर्ण माओवादी केन्द्रको जित नै आजको आवश्यकता हो । जसरी ब्यबस्था बदल्न माओवादीले महत्वपूर्ण भुमिका खेलेको थियो । त्यसरी नै फेरि पनि अवस्था बदल्न बैशाख ३० गतेको स्थानीय तहको चुनावमा हजुरहरुको अमूल्य भोट दिएर अत्यधिक बहुमतले बिजयी गराउनुहुन हार्दिक अपिल गर्नुछु ।

Facebook Comments