• ८ मंसिर २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
‘भ्रष्टाचारमुक्त वडा सरकार संचालन गर्न मेरो उम्मेदवारी’




स्थानीय तहको दोस्रो निर्वाचन यही बैशाख ३० गते हुँदै छ । आसन्न स्थानीय तहको निर्वाचनका लागि राजनीतिक दलहरुको उम्मेवदारी दर्ता भइसकेको छ । सोही निर्वाचका लागि रोल्पा जिल्लाको दक्षिण भेगमा रहेको रुन्टीगढी गाउँपालिका ६ नम्बर वडाको अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराउनु भएका नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उम्मेदवार घनबहादुर घर्तीसँग सिस्ने अनलाइनका प्रबन्ध– सम्पादक जंगबहादुर रेउलेले चुनाव केन्द्रीत संक्षिप्त कुराकानी गर्नुभएको छ ।No description available.
१) स्वागत छ, तपाईलाई सिस्ने अनलाइनमा ?
– धन्यवाद सिस्ने अनलाइनलाई ।
२) तपाईले स्थानीय निर्वाचनको लागि कुन पदमा उम्मेदवारी दर्ता गराउनु भयो र किन ?
– मैले रुन्टीगढी ६ नं. वडाको वडा अध्यक्षका लागि नेकपा एमालेको तर्फबाट उम्मेदवारी दिएको छु ।
– किनभने स्वच्छ, निश्पक्ष, जवाफदेही, पारदर्शी र भ्रष्टाचारमुक्त वडा सरकार संचालन गर्दै नागरिकलाई परिवर्तनको प्रत्याभूत प्रदान गर्न मेरो उम्मेदवारी दिएको छु ।No description available.
३) नेता चुवानको समयमा जनताको घरघरमा जाने तर, चुनाव सकिएपछि जनतालाई बिर्सने हुन्छन् भनेरपनि जन गुनासो सुनिन्छ, त्यसमा तपाई के भन्नुहुन्छ ?
– नागरिकको यो गुनासो उत्पन्न जायज छ । चुनावी प्रचारप्रसार सन्दर्भमा हामी हाम्रो सबै टोलमा पुग्दा यो प्रश्न उठेको छ । मेरो बिचारमा राजनीतिलाई कतिपय दल नेताहरुले पेशाको रुपमा अंगिकार गरेका छन् । यो गलत छ । राजनीति पेशा होइन्, सेवा, निश्वार्थ र निसर्त हुन जरुरी छ । राजनीति दल र जनप्रतिनिधिहरु जनताको घरघरमा पुग्न जरुरी छ । जनताका समस्या, पीडा, र परिवर्तनका मुद्धासँगै हुन जरुरी छ, तर त्यसो हुन सकेको छैन् । त्यसैले साच्चिकै रुपमा जनताको प्रतिनिधि जनप्रतिनिधि हुन सकेमा यी प्रश्न स्वत कम हुँदै जाने छन् ।
४) तपाईको चुनावी एजेण्डा के – कस्ता छन् ?
– हाम्रो चुनावी एजेण्डाहरु निम्नानुसार रहेका छन् । जसमा स्वच्छ र निश्पक्ष सेवा प्रदानको एजेण्डा, भ्रष्टाचारलाई न्यूनिकरण गर्ने, वडाका सबै घरपरिवारमा एकघर एकधारा पुर्याउने, किसानलाई सरकारको राहत र कृषि पेशाप्रति आर्कषित गर्दै स्वरोजगार बनाउने, गरिब विपन्न वर्गको जीवनस्तर माथि उठाउने, विपन्न बालबालिकालाई उच्च शिक्षा अध्ययनको अवसर प्रदान गर्ने एजेण्डा रहेका छन् ।No description available.
५) चुनावी एजेण्डाहरु प्रायः प्रतिवद्धता पत्रमै सीमित हुने गरेको पाइन्छ नि ?
– प्रतिवद्धता पत्र धरातल अनुसारको हुनुपर्छ, धेरै फूलबुट्टा भरेर महत्वकांक्षी प्रतिवद्धा कार्यान्वयन गर्न असम्भव हुन्छन् । त्यसैले मेरो प्रतिवद्धता पत्रमा समाजका यथार्थ र जनताका आवश्यकता अनुरुप हुने छन् । कार्यान्वय गर्न सकिने भएपछि किन प्रतिवद्धता कार्यान्वय नहोला र ।
६) यदि तपाईले चुनाव जित्नु भयो भने के– के काम गर्नुहुन्छ ? र वडालाई कस्तो बनाउनु हुन्छ ?
– चुनाव जित्नका लागि मात्र होइन रहेछ, केही गर्न चुनाव जित्नु पर्दछ । म र मेरो टिम निर्वाचित भएमा निम्नानुसारका कामहरु गर्नेछौं । जसमा स्वच्छ र निश्पक्ष रुपमा वडा सरकार संचालन गर्ने, गरिब, विपन्न परिवारको पहिचान गरेर सरकारी सेवा सुविधा प्रदान गर्र्ने, भ्रष्टाचार, ढिलासुस्ती जस्ता कामलाई न्यूनिकरण गर्दै जिरोमा लैजाने, युवालाई कृषि क्षेत्रमा आर्कषित गर्दै युवालाई स्वरोजगार बनाउने प्रयास गर्ने, ५ वर्षभित्र वडाका सबै घरपरिवारलाई घरघरमा खानेपानी उपलब्ध गराउने, किसान राहतको कार्यक्रम संचालन गर्दै कृषि पेशालाई व्यवसायिक बनाउने काम गर्ने, सरकारी सवारी साधनको प्रयोग गर्ने छैनौं र साथै वडा अध्यक्षको नाममा आउने कुनैपनि भत्ता अक्षयकोष बनई विपन्न वर्गका विद्यार्थीलाई उच्च शिक्षा प्रदान गर्ने छु ।
७) अन्त्यमा केही भन्नु छ ?
– हाम्रो ६ नं. वडा विकासका दृष्टिकोणमा पछि परेको छ । व्यवस्था परिवर्तन भयो तर जनताको अवस्था परिवर्तन हुन सकेन् । हाम्रो होइन्, राम्रोलाई जिताऔं सुखी नेपाल समृद्ध नेपालीको सपमना पुरा गर्न बाँकी छ । त्यसकारण हाम्रो पार्टी नेकपा एमाले रुन्टीगढी ६ नं. वडाका उम्मेदवारका टिमलाई विजयी बनाउन सातै सूर्यमा अमूल्य मतदान गरी वियजी गराउन अपील गर्दछौं ।

Facebook Comments