हिमाल महरा / बंगलाचुली गाउँपालिका- ६ रिभानमा सामान्य किसान परिवरमा जन्मिएका भक्तबहादुर जिसी यति बेला बंगलाचुली गाउँपालिकामा गठबन्धनका तर्फबाट उपाध्यक्षमा उम्मेदवार बनेका छन् । २०३८ साल देखि सुधा प्रावि रिभानबाट औपचारिक शिक्षा सुरु गरेका उनले सुधा निमाविबाट कक्षा ७ पास गरि मावि डाँडागाउँ गोग्लीबाट २०४८ सालमा एसएलसी उतिर्ण गरेका उनले महेन्द्र बहुमुखी क्याम्पस बाट आइ.ए. , बुटवल बहुमुखी क्याम्पस बाट BEd र महेन्द्र बहुमुखी क्याम्पस दाङ्गबाट स्नातकोत्तर सम्मको अध्ययन गरेका छन् ।
२०५५ सालमा दाङ्ग CMA क्याम्पस बाट CMA उतिर्ण गरि २०५६ साल मंगसीर ८ गतेबाट नेपाल स्वास्थ सेवामा प्रबेश गरि २२ वर्ष ५ महिना ८ दिन सरकारी सेवामा बिताएका थिए । हाल उनि बंगलाचुली गाउँपालिका स्वास्थ्य शाखा प्रमुखका रुपमा कार्यरत थिए । जुन पदबाट राजिनामा गरि उनी चुनाबमा होमिएका हुन् ।
राजनितिक यात्रा :
२०४६ साल देखि नेवि संघ मावि डाँडागाउँ गोग्लीको प्रारम्भिक कमिटिको सचिबबाट उनको राजनीतिक यात्रा सुरु भएको हो । २०४९ साल देखि २०५३ साल सम्म साबिक लोहारपानी गाविस कमिटि सदस्यको जिम्मेवारीमा रहेका थिए । सरकारी सेवामा प्रबेश पछि उहाँ नेपाली काङ्ग्रेस निकट नेपाल स्वास्थ कर्मी संघको विभिन्न जिम्मेवारी रहि जिम्मेवारी बहन गर्नु भएको थियो । बंगलाचुली गाउँ पालिकालाई एउटा नमुना पालिकाको रुपमा अगाडि बढाउने आफ्नो योजना रहेको उनले बताए ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।