तीन वर्षपछि राष्ट्रिय खेलकुद परिषद् (राखेप)को ऐतिहासिकबोर्ड बैठक सम्पन्नभएको छ । राष्ट्रिय खेलकुद विकास ऐन २०७७ कार्यान्वयनमा आएपछि पहिलो पटक राखेपको बोर्ड बैठक बसेको हो । युवातथा खेलकुद मन्त्री तथा राखेपका अध्यक्ष महेश्वर गहतराज (अथक)को अध्यक्षतामा शुक्रबार बसेको बोर्ड बैठकले बिभिन्न महत्वपूर्ण निर्णयहरु समेत पारित गरेको छ ।
बैठकले आगामी जेठ २२ देखी २८ गतेसम्म गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि तयार पारीएको “नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता संचालन निर्देशिका–२०७९”पारीत गरेको छ । साथै बैठकले प्रतियोगिताको मिति तय गरेर प्रतियोगिता संचालनका लागि सहमती प्रदान गर्ने नेपाल सरकार मन्त्रीपरिषदप्रति हार्दिक आभार समेत ब्यक्त गरेको छ ।
बैठकले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ३६ खेल सहभागी गराउने निर्णय गरेको छ । जसअन्तर्गत एथलेटिक्स, ब्याडमिन्टन, टेबल–टेनिस, क्रिकेट, फुटबल, टेनिस, हक्की, बक्सिङ, भलिवल, कबड्डी, भारत्तोलन, सुटिङ, जिम्नास्टीक, पौडी, ह्याण्डबल, जुडो, कुस्ती, सफ्ट टेनिस, स्क्वास, तेक्वान्दो, उसु, बास्केटबल, शारिरीक सुगठन, बुद्धिचाल, खो–खो, कराँते, फुल कन्ट्याक्ट कराँते, आईटिएफ टेक्वान्दो, सेपाक्टाक्रो, गल्फ, आचरी, साईक्लिङ, फेन्सीङ, ट्राईथेलेन, प्याराग्लाईपिडङ र रग्बी ७ ए साईट खेल संचालन गरीने भएको छ । त्यसैगरी ठेलो र क्यानोइङलाई प्रदर्शनी खेलको रुपमा प्रतियोगितामा समावेश गर्ने निर्णय समेत भएको छ ।
बैठकले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि आवश्यक लोगो, मस्कट र नारा तय गर्नका लागि आवश्यक प्रक्रिया अगाडी बढाउनुका साथै प्रतियोगिता मुल आयोजक कमिटि, कार्यकारी समिति, उप–समिति तथा सचिवालय गठन गर्ने निर्णय समेत पारीत गरेको छ ।
एशियन खेलमा २३ खेल समावेश गर्ने निर्णय
शुक्रबार युवा तथा खेलकुद मन्त्रालयको हलमा सम्पन्न राखेपको बोर्ड बैठकले १९ औं एशियन खेलमा नेपालको तर्फबाट २३ वटा खेलमा सहभागीहुने निर्णय गरेको छ । शुक्रबार बसेको बैठकले तेक्वान्दो, कराँते, बक्सिङ, एथलेटिक्स, साईक्लिङ, महिला फुटबल, गल्फ, कुस्ती, भारत्तोलन, जुडो, पौडी, ट्रायथेलेन, उसु, आर्चरी, बास्केटबल, कबड्डि, फेन्सीङ, ह्याण्डबल, टेबल टेनिस, महिला भलिबल, पुरुष क्रिकेट, सुटिङ र ब्याडमिन्टनमा सहभागीता जनाउने निर्णय गरेको हो । यस अघिका एसियन खेलमा खेलाडीहरुले देखाएको उत्कृष्ट नतिजातथा पछिल्लो समयमा सफलता प्राप्त भईरहेका खेलहरुका आधारमा एशियन गेम्समा २३ वटा खेल समावेश गर्ने निर्णय गरीएको हो । बैठकले एशियन खेलकुदमा सहभागीहुने खेलाडीहरुको छनौट, बन्द प्रशिक्षण तथाआवश्यक बजेट र तयारीका सम्बन्धमा समेत प्रक्रिया अगाडी बढाउने निर्णय गरेको छ । बैठकले बिभिन्न संघ संस्थाको निर्देशिका तथा जापानमा भएको ओलम्पिकमा सहभागी हुँदाको खर्च पारित गर्नेदेखी आगामी आर्थिक वार्षका लागि आवश्यक बजेट माग गर्नेसम्मको निर्णय पारीत गरेको छ ।
बैठकमा बोल्दै युवातथा खेलकुद मन्त्री तथा बैठकका अध्यक्ष महेश्वर गहतराज (अथक) ले खेलकुदको महाकुम्भका रुपमा रहेको राष्ट्रिय खेलकुद प्रतियोगितालाई निर्धारित समयमै सम्पन्नगर्नु सबैको दायित्व रहेको बताउनुभयो । उहाँले निर्धारित समयमै प्रतियोगिता संचालनगर्न नसकिएथप एक वर्ष खेर जाने भएकाले दत्तचित्त भएर प्रतियोगितामा केन्द्रित हुन निर्देशन समेत दिनुभयो ।
“हामीदुई वर्ष ढिला भईसकेका छौं” मन्त्रीअथकले भन्नुभयो, “निर्धारित समयमै प्रतियोगिता गराउनसकिएनभने फेरी एक वर्ष पछि धकेलिनेछौं, त्यसैले निर्धारित समयमै प्रतियोगिता सम्पन्नगराउनु अपरिहार्य छ ।”
११ टिम सहभागी हुने
नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी टिमको सँख्या बढ्ने भएको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङका अनुसार तिन विभागीय टिम र ७ प्रदेशका टिमका अलावा यस पटक एन आरएनको टिमलाई समेत प्रतियोगितामा सहभागीता गराउने तयारी भईरहेको छ । पर्यटन प्रवद्र्धनका लागि खेलकुद सबैभन्दा बलियो माध्यम हुनसक्ने भएकाले नवौं राष्ट्रिय प्रतियोगितामा एनआरएनको टिमलाई समेत सहभागी गराउने प्रयास भईरहेको घिसिङले जानकारी दिनुभयो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।