डोटी जिल्ला शिखर नगरपालिका वडामा ११ मल्लीसातमा रहेको भगवती आधारभूत विद्यालयमा विद्यार्थी खुला चौरमा धुलोसँगै परीक्षा दिन बाध्य भएका छन् । विद्यालयमा नर्सरी देखि कक्षा ३ सम्मका विद्यार्थी खुल्ला चौरमा भुई मै बसेर परीक्षा दिइरहेका हुन् ।
विद्यालयमा कक्षा ४ देखि कक्षा ८ सम्मका ५० प्रतिशत विद्यार्थी पनि प्रयाप्त डेस्क नहुदाँ खुट्टामा नै पपेर राखी परीक्षा दिन बाध्य रहेको विद्यालयका शिक्षक रमेश बोहराले जनाए । उक्त विद्यालयमा मल्लीसात, किमाडा र ओलिगाउँका विद्यार्थी अध्ययनरत रहेका छन् । अहिले विद्यालयमा वार्षिक परीक्षा चलि रहेको छ । नेताहरु चुनाव लक्षित कार्यक्रम गर्दा विद्यालयकोस्तर उन्नतिका लागि सकारात्मक कदम चाल्ने मिठो आशश्वासन दिदैं गरेपनि चुनानपछि विद्यालयको शिक्षा, गुणस्तरीयता सम्बन्धी ध्यान नै दिदैन् ।
शिखर नगरपालिकाको वडा नं ११ मा माध्यमिक तहको विद्यालय नभएकाले सोही विद्यालयलाई मावि बनाउने भनि बेला बेला निरक्षणको क्रममा शिखर नगरपालिकाका प्रमुख सिताराम जोशिले आसश्वासन दिदै आइरहेको छन् । तर जोशिको ५ वर्ष कार्यकाल वित्नै लाग्दा समेत नगरपालिकाले विद्यालयका लागि आसश्वासन बाहेक सिन्को समेत नभाच्दा स्थानीय खिन्न समशुस गरी रहेका छन् । ८ कक्षा पास भइसकेपछि विद्यार्थी सिताराम उच्च माध्यमिक विद्यालय उच्चाकोट तथा भगवति माध्यमिक विद्यालय तलारामा जानु पर्ने कठिक अबस्था रहेको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष कर्ण सिंह विष्टले जानकारी दिए ।
साझ विहानको एक छाकको लागि भौतारिरहेको स्थानियले महंगो शुल्कमा भाडामा र होस्टेलमा बाहिरी बिद्यालयमा आफ्ना छोरा छोरीहरुलाई अध्ययन गराउन नसक्दा छोरीको विवाह र छोरालाई छिमेकी राष्ट्र भारतमा रोजगारीमा पठाउनु पर्ने बाध्यता रहेको छ । अहिले उक्त गाउँका ५० प्रतिशत भन्दा बढी युवा गाउँमा रहेको विद्यालयमा ८ पास गरी भारत जाने गरेका छन् । युवालाई स्वदेश मै सिर्जनात्मक तालिम सिकाई स्थानिय क्षेत्र मै उद्ययमि बनाउनु त परै को कुरा नगरपालिकाले विद्यालयको स्नतर उन्नतिमा एक नजर आखां समेत जादैन ।
भगवति आधारभुत विद्यालयमा विद्यालयको आर्थिक अवस्था कमजोर भएकाले निजि श्रोतका शिक्षकलाई तलब प्रदान गर्न तथा विद्यालयको भौतिक विकासका लागि होली खेलेर रकम संकलन गर्दे आइरहेको स्थानिय गणेश रावल जानकारी दिए ।
भगवती आधारभूत विद्यालयमा नर्सरी देखी आठ कक्षा सम्म पठनपाठन हुदै आएको छ । वि.सं.२०३७ सालमा स्थापना भएको सो विद्यालयमा अहिले ९ जना शिक्षक र करिब ३ सय जना विद्यार्थीहरु रहेका छन् । विद्यालयमा ३ जना स्थायी शिक्षक, २ जना राहत शिक्षक, १ जना बाल विकास सहजकर्ता र ३ जना निजी शिक्षक कार्यरत छन् ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।