• ८ मंसिर २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
महत्वपूर्ण निर्णय गर्दै नेकपा घोराहीको ७ औं पूर्ण बैठक सम्पन्न




घोराही, २ बैशाख । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी घोराही उपमहानगरपालिकाको ७ औं पूर्ण बैठक सम्पन्न भएको छ । आज शुक्रबार पार्टी कार्यालय घोराहीमा सो बैठक सम्पन्न भएको हो ।
नेपाल कम्युनिस्ट पार्टी घोराही उपमहानगरका इ्रञ्चार्ज निर्मल केसीको अध्यक्षता एवं नेकपाका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इञ्चार्ज शीतलको प्रमुख आतिथ्यतामा बसेको बैठकले पार्टीको १२ औं केन्द्रीय समितिले गरेका निर्णयहरु ढृढताका साथ कार्यान्वय गर्ने निर्णय गरेको छ ।
बैठकमा प्रशिक्षनात्मक मन्तव्य राख्दै प्रमुख अथिति नेकपाका केन्द्रीय सदस्य तथा दाङ जिल्लाका इञ्चार्जले एमसीसी तथा राष्ट्रघातीविरुद्ध संघर्ष गर्नु मुल विषय भएको बताए । उनले चुनावको विषयमा पार्टीको १२ औं पूर्ण केन्द्रीय समितिको बैठकले पार्टी दर्ता गरेर चुनावमा नजाने तर एमसीसी तथा राष्ट्रघातीविरुद्धका स्वतन्त्र उम्मेदवारलाई सहयोग गरेर जाने भन्ने निर्णय एकमतले पारित भएको जिकिर गरे ।                                         यो संसदीय व्यवस्था असफल भएको पुष्टि भइसकेकाले अब जनताले त्यसको विकल्प खोजिरहेको बेला तत्काल अहिले पार्टीले चुनावलाई उपयोग नगर्ने तर एमसीसी तथा राष्ट्रघातीविरुद्ध स्वतन्त्र व्यक्तिलाई सहयोग गर्ने कार्यनीति लिएको उनको भनाइ छ ।                                                      बैठकमा नेकपा विशेष कमिटी सदस्य सुन्दर, विक्रम र सम्झान, नेकपा दाङका सेक्रेटरी प्रदीप, युवा संगठन नेपालका केन्द्रीय अध्यक्ष पाटन, युवा संगठनका केन्द्रीय सचिब तिलक, नेकपाका दाङ जिल्ला सदस्य तथा उत्पादन विभाग प्रमुख किरण, नेकपा तुलसीपुर उपमहानगरपालिकाका इञ्चार्ज विकास, नेकपा लमहीका इञ्चार्ज जनक, नेकपा राप्तीका इञ्चार्ज विजय, नेकपा बबईका इञ्चार्ज प्रतिरोध, नेकपा गढवाका इञ्चार्ज माहान, नेकपा राजपुरका इञ्चार्ज उज्ज्वल, नेकपा शान्तीनगरका इञ्चार्ज मनोज, पार्टीका सल्लाहकार नबराज र मंगल तथा नेकपा घोराही उपमहानगरभित्रका जवसका सबै इञ्चार्ज लगायको उपस्थिति रहेको थियो ।

बैठकले गरेका निर्णयहरु यस प्रकारका छन्:
१) एमसिसिको विरुद्धमा जनसभा,टोल सभा,पेटि सभा मार्फत भण्डाफोर गर्ने।
२)पालीका स्तरमा एमसिसी,राष्ट्रघात, जनघात र महङ्गी विरुद्ध संघर्षका कार्यक्रमहरु संचालन गर्ने।
३)भ्रष्टाचार, कमिसन र समाजिक उत्पीडन विरुद्ध स्थानीय स्तरमा जनसंघर्ष चलाउने।
४)जिल्लामा केन्द्रले तय गरेका राष्ट्रघाती mcc विरुद्धको कार्यक्रममा सहभागिता जनाउने।
५) पालिका कमिटी, वडा कमिटी, टोल कमिटी र जनतासँग वर्तमान कार्यनीतिको विषयमा प्रशिक्षण गर्ने।
६) जबस/मोर्चाको पालिका तथा जिल्ला कमिटीको भेला सम्मेलन गर्ने।
७) स्थानीय चुनावमा पार्टी दर्ता गरेर नजाने तर एमसिसि एवं राष्ट्रघात विरोधी जनपक्षीय प्रतिनिधिलाई सहभागी गराउने र सहयोग गर्ने,
८)क्रान्तिकारी ध्रुवीकरणलाई स्थानीयस्तरमा जोड दिने,
९) पार्टीको वडा कमिटी र टोल कमिटीलाई सुदृढ गर्ने र जवस/मोर्चाका पालिका कमिटि सुदृढ गर्ने।

बैठकको संचालन नेकपा घाराहीका इञ्चार्ज निर्मलले गरेको थिए ।

Facebook Comments