जगत खनाल/दाङ जिल्ला अन्तरगत राप्ती गाउँपालिकामा नेकपा एमाले बाट ८ जनाले अध्यक्ष पदमा दाबी गरेका छन् । उपाध्यक्ष पदमा ४ जनाले दाबी गरेको बिशेष स्रोतले जानकारी दिएको छ ।
२०७९ बैशाख ३० गते हुन गैरहेको स्थानीय तहको निर्वाचनका लागि पार्टी जिल्ला कमिटिको निर्देशन बमोजिम राप्ती गाउँपालिकामा एमालेबाट अध्यक्ष पदका लागि किरण भण्डारी , जगत पोख्रेल , शोभाखर भुसाल , तारा भुसाल , पदम रिजाल , नन्दकुमार चौधरी , मदन अधिकारी र सुर्यप्रकाश शर्माले दाबी गरेका छन् भने उपाध्यक्ष पदका लागि कमलापती चौधरी , रामपती चौधरी , रत्ना तिवारी र बिष्णु गुरुङले दाबी गरेका छन् ।
लामो मेहनत र संघर्षबाट सर्वसम्मत बनाउन खोजेपनी आकांक्षी धेरै रहेकाले उम्मेदवारको टुङ्गो लगाउन जिल्लामा पठाइएको उक्त पार्टीले जनाएको छ ।
राप्तीका ६ वटा वडामा सर्वसम्मत उम्मेदवार सिफारिस भएतापनी ३ वटा वडामा आकांक्षी धेरै रहेकाले उम्मेदवार सर्वसम्मत बनाउन नसकेको एमाले राप्तीको बिशेष स्रोतले जनाएको हो ।
२०७४ को स्थानीय तहको निर्वाचनमा ३५५७ मत ल्याउदै नेकपा एमाले तेस्रो पार्टी बनेको थियो । ४७९७ मत ल्याउदै नेपाली काङ्ग्रेस पहिलो पार्टी बनेको थियो भने ३९४२ मत ल्याउदै माओवादी केन्द्र दोस्रो पार्टी बनेको थियो ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
