• १५ चैत्र २०८०, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
गोरखा मावि घोराहीका विद्यार्थीको चित्रकला विश्वमै उत्कृष्ट, विद्यालयले पायो अन्तर्राष्ट्रिय अवार्ड




गोरखा इन्टरनेशनल पब्लिक सेकेण्डरी स्कूल घोराहीले जापान सरकारले प्रदान गर्ने अन्तर्राष्ट्रिय सहकार्य शैक्षिक अवार्ड २०२१ प्राप्त गरेको छ ।

जापानको शिक्षा मन्त्रालयले दिने सो अवार्डका लागि जापान आर्ट माइलले कार्यक्रम सञ्चालन गर्दै आएको छ । सो प्रतियोगितामा भाग लिने यो विद्यालय नेपालमा दोस्रो भए पनि अवार्ड पाउने भने पहिलो बनेको छ । पहिलोपटक भक्तपुरको माउन्टभ्यू स्कूलले यो प्रतियोगितामा भाग लिएको थियो ।

गोरखा माविले सन् २०२१ लागि प्रस्ताव पेश गरेर प्रतियोगितामा पहिलोपटक भाग लिएको थियो । यो प्रतियोगिताअन्तर्गत अरु कुनै देशका विद्यालयसँग साझेदारी गरी संयुक्तरुपमा विद्यार्थीहरुलाई चित्रकलाको माध्यमबाट सिकाइ प्रक्रिया शुरु गर्नुपर्छ । सोही अन्तर्गत गोरखा माविले जापानको सान्नो जुनियर हाइस्कूलसँग साझेदारी गरी ‘प्रकृति बआचौं’ शीर्षकको कार्यक्रममा भाग लिएको थियो ।

त्यसका लागि गोरखा मावि दाङका कक्षा ५ देखि ८ सम्मका १२ देखि १४ बर्षसम्मका ४० जना विद्यार्थीले भाग लिएको थिए । यही कार्यक्रमअनुसार जापानको सान्नो जुनियर हाइस्कूल र नेपालको गोरखा माविका विद्यार्थीहरुले सामूहिकरुपमा तयार गरेको चित्रकला विश्वमा उत्कृष्ट भएपछि यो उपाधि प्राप्त भएको कार्यक्रम संयोजक थम्मन बस्नेतले जानकारी दिनुभयो । गोरखा माविको तर्फबाट बस्नेतले कार्यक्रम संयोजक र चित्रकला शिक्षक सन्तोष नेपालीले बिषय विज्ञको रुपमा भूमिका निर्वाह गर्नुभएको थियो ।

सन् २०३० सम्म विश्वका अल्पविकसित देशहरुलाई विकासशील देशमा लैजाने उद्देश्यसहित सञ्चालन भइरहेको दिगो विकासका लक्ष्य कार्यक्रम तथा सोही कार्यक्रमबाट निर्देशित नेपालको शैक्षिक सिकाइ उद्देश्यअन्तर्गत रहेर चित्रकलाको माध्यमबाट विद्यार्थीलाई शिक्षक सिकाइको अन्तर्राष्ट्रिय आयाम जोड्नु यो कार्यक्रमके उद्देश्य रहेको संयोजक बस्नेतले जानकारी दिनुभयो । यसमा विद्यार्थीहरुले संसारभरिका विभिन्न देशका विद्यार्थीसँग साझेदारी गरेर परियोजना कार्य गरेका थिए ।

यसैबीच मंगलवार एक कार्यक्रमका बीच सो अवार्ड विद्यालयलाई हस्तान्तरण गरिएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १४ का अध्यक्ष शक्तिराम डाँगीले गोरखा ग्रुपका उपाध्यक्ष बिष्णुप्रसाद घर्ती र विद्यालयका प्राचार्य मानसिंह घर्तीलाई अवार्ड हस्तान्तरण गर्नुभएको थियो । सो क्रममा प्रतियोगितामा सहभागी ४० विद्यार्थी र संयोजक तथा सहजकर्ता शिक्षकलाई पनि पुरस्कृति गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि डाँगीले यो पदक नेपालका लागि गौरवको बिषय भएको बताउनुभयो । अहिले कलाकारिताबाट देश चिनाउने विद्यार्थीहरुले भोलि देश निर्माणका लागि पनि योगदान गर्नसक्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । कार्यक्रममा घोराही उपमहानगरपालिका शिक्षा महाशाखाका अधिकृत शेरबहादुर बिष्ट, प्रतियोगी विद्यार्थीहरु आयुष देवकोटा र क्रिसमस पाइजालगायतले बोल्नुभएको थियो ।

Facebook Comments