जगत खनाल
देउखुरी /राप्ती गाउँपालिका वडा नम्बर ५ पहरुवामा रहेको शिबसवरी धाम धार्मिक केन्द्रमा अगामी जेष्ठ २१ गते ५ सुते ९ करोड बत्ती पोल्ने कार्यक्रम रहेको छ ।
शिवसवरी धाम पहरुवामा आज भएको पत्रकार भेटघाट कार्यक्रममा उक्त कुराको जानकारी गराइएको हो । शिवसवरी धाम धार्मिक केन्द्रकी संरक्षक शिभलक्ष्मी चौधरीको अध्यक्षतामा भएको पत्रकार भेटघाट कार्यक्रम भएको थियो ।
देउखुरीमा क्रियाशिल पत्रकारहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा २०७० साल यता करिब ३ करोड बत्ती पोलि सकिएको पनि जानकारी गराइएको थियो ।
३ महिना तपस्या गरेको तथा ३१ दिन कठोर व्रत बसेकी शुभलक्ष्मी चौधरीले साझ ५ बजेर ५ मिनेटमा शंकर भगवान् प्रकट भै मेरि मुर्तीरुपि शिला राप्ती नदिको पानीमुनी रहेको छ त्यसलाई लिएर मन्दिर स्थापना गर्नु भन्ने आदेश भएपछी २०७० जेष्ठ २१ गते मन्दिर स्थापना गरिएको पनि जानकारी दिइएको थियो । जेष्ठ २१ गतेलाइ जन्म दिनको रुपमा मनाउने भएकाले उक्त दिन ९ करोड बत्ती पोल्ने लक्ष्य रहेको पनि जानकारी दिइएको थियो ।
धर्मामा आस्थावान सवैले ५ सुते बत्ती सहयोग गरेर यस कार्यक्रमलाई सफल बनाउन पनि शिभलक्ष्मी चौधरीले सम्पुर्णमा अनुरोध गर्नुभएको छ । करिब सात वर्ष आफ्नै लागानीमा मन्दिर परिसर निर्माण गर्नु भएको र यहिले मन्दिर संचालक समिती बनाएर काम गरिरहेको पनि जानकारी दिइएको थियो ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
