• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङमा टाइफाइड विरुद्धको खोप भोलिदेखि शुरु हुँदै




घोराही, २२ चैत । स्वास्थ्य कार्यालय दाङले भोलि अर्थात् चैत २३ गतेदेखि टाइफाइट विरुद्धको खोप अभियान शुरु गर्ने भएको छ । कार्यालयले आज मंगलबार घोराहीमा संचारकर्मीहरुसँग टाइफाइट रोग विरुद्धको खोप सम्बन्धी अभिमुखीकरण गर्र्दै भोलिदेखि सो अभियान शुरु गर्ने जनाएको हो ।
स्वाNo description available.स्थ्य कार्यालय दाङका अंगतबहादुर शाहीले दाङमा टाइफाइट रोग विरुद्धको खोप अभियान भोलिदेखि शुरु हुने बताए । उलने यही चैत २५ गतेदेखि बैशाख १८ गतेसम्म देशभर एकै चरण संचालन हुने सो अभियान दाङमा भने चैत २३ गतेदेखि शुरु गरिने जानकारी दिए ।

दाङमा १० वटै पालिकाका वडाहरुको विद्यालयमा चैत २३ गतेदेखि बैशाख ११ गतेसम्म संचालन हुने टाइफाइट रोग विरुद्धको खोप १५ महिना देखि १५ वर्षमुनिका बालबालिकाहरुलाई लगाइने र टाइफाइट रोग दाङमा शुन्य अवस्था पु¥याउने तथा रोगको संक्रमण र यसबाट हुने जटिलतालाई न्यूनिकरण गर्ने लक्ष्य रहेको उनको भनाइ छ ।

कार्यालयका प्रमुख शाहीको अनुसार दाङमा प्रत्येक बालबालिकाले पूर्ण खोप लगाएको सुनिश्चितगर्ने र गुणस्तरीय खोप सेवाको लागि आपूर्ति व्यवस्था तथा प्रणाली सुदृढ गर्ने उद्देश्य रहको छ ।

नेपाल टाइफाइड रोग संक्रमणको उच्च जोखिममा रहेको तथा यो रोग सबैभन्दा बढी १५ वर्षमुनिका बालबालिकामा संक्रमण हुने स्वास्थ्य कार्यालय दाङका खोपका फोकल पर्सन किशोर आचार्यले बताए ।

खोपका फोकल पर्सन  आचार्यको अनुसार  यही चैत २३ गतेदेखि शुरु हुने टाइफाइट विरुद्धको खोप दाङ जिल्लाभरका २ लाख २ हजार १ सय ३४ जना बालबालिकाहरुलाई उक्त खोप लगाउने योजना रहेको  छ । उनले १५ महिनादेखि १५ वर्षमुनिका सबै बालबालिकाहरुलाई टाइफाइट विरुद्धको खोप लगाइने र सो खोप अभियानमा प्रत्येक वडाका विद्यालयहरुमा संचालन गरिने जानकारी दिए ।

खोपका लागि दाङ जिल्लामा १ लाख ५६ हाजर ६ सय ५६ जना बालबालिको केन्द्रीय तथ्यांक आएको भएतापनि जिल्लाका ६२९ विद्यालयबाट पालिका मार्फत लिएको विवरण अनुसार २ लाख २ हजार १ सय ३४ जना बालबालिका रहेकाहुँदा पालिकाबाटै लिएको विवरण अनुरुप बालबालिकाहरुलाई खोप लगाइने र जिल्लाका ५१५ वटा विद्यालयहरुमा खोप केन्द्र संचालन हुने र दाङका सबै पालिकाहरुमा खोप पठाइसकिएको  आचार्यको भनाइ छ ।

यस्ता हुन्छन्, यो रोगका मुख्य लक्षण तथा चिन्हहरु ?
उच्च ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने, पसिना आउने र जिब्रोमा सेता लेत लाग्ने आदि जस्ता मुख्य लक्षण र चिन्ह देखिन्छन् भने केहीमा पेट दुख्ने, पखाला लाग्ने, वाकवाकी लाग्ने, भोक नलाग्न, शरीरमा रातो बिमिरा आउने आदि लक्षण तथा चिन्ह देखिन सक्छन ।

यो रोगको संक्रमण पश्चात केही व्यक्तिहरुमा शरीरका विभिन्न भागमा संक्रमण फैलने, सानो आन्द्रामा घाउ हुने र प्वाल पर्ने तथा मस्तिष्क सम्बन्धी समस्या आदि जटिलताहरु देखा पर्न सक्छन ।

कसरी पहिचान गर्न सकिन्छ ?
लक्षण तथा चिन्हको आधारमा यस रोगको प्रारम्भिक पहिचान हुन्छ, साथै रगतको जाँच र दिसा पिसाबको जाँच गरेर यो रोगको पहिचान गर्न सकिन्छ ।

कसरी गर्ने रोकथाम ?
समयमै स्वास्थ्य केन्द्रमा गई चिकित्सक तथा स्वास्थ्यकर्मीको परामर्श अनुसार उपयुक्त जैविक औषधीको सेवनबाट यो रोगको उपचार गर्नु पर्दछ । यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा दूषित खाना र पानीको माध्यमबाट सर्ने भएको हुँदा यसबाट बच्न मुख्य उपाय भनेको नै व्यक्तिगत सरसफाई तथा वातावरण स्वच्छ राख्नु हो । साथै यो रोगबाट बच्न १५ महिनाको उमेरमा १ मात्रा खोप लगाउनुपर्छ ।

Facebook Comments