• ४ जेष्ठ २०८३, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
गाउँपालिकामा आगामी २५ गतेदेखि टाइफाइड विरुद्धको  खोप




जगत खनाल
भालुबाङ, २२ चैत । राप्ती गाउँपालिकाले आगामी २५ गतेदेखि टाईफाईड विरुरुको खोप अभियान सञ्चालन गर्ने भएको छ राष्ट्रिय कार्यक्रम अन्तर्गत १५ महिना देखि १५ वर्ष सम्मका बालबालिकाहरुका लागि टाईफाईड अर्थात म्यादे ज्वरो विरुरुको खोप अभियान सञ्चालन हुने भएको हो ।

आज स्वास्थ्य शाखाले एक कार्यक्रमका गरि कार्यपालिका सदस्य एवं शाखा प्रमुख तथा सरोकारवालाहरुलाई खोप अभियान बारे जानकारी गराएको हो । स्वास्थ्य शाखाका अनुसार चैत्र २५ देखि विदालयको परिक्षालाई मध्यनजर गर्दै खोप अभियान सञ्चालन हुने स्वास्थ्य शाखा प्रमुख नारायण रावतले जानकारी दिनुभएको छ ।

सामाजिक विकास समितिका संयोजक विद्याशरण चौधरीको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिको प्रमुख आथित्यतामा भएको कार्यक्रममा अध्यक्ष सुवेदिले बालबालिकालाई खोप लगाउन र रोग बाट बच्न अनुरोध गर्नु भएको छ । कार्यक्रममा उपाध्यक्ष जगदम्वा कुमारी चौधरीको समेत सहभागिता रहेको थियो ।

राप्ती गाउँपालिका क्षेत्रका विद्यालय र सम्वन्धीत वडा स्वास्थ्य केन्द्रहरुमा खोप केन्द्र कायम गरी १५ महिना देखि १५ वर्ष सम्मका सवै बालबालिकाहरुमा खोप लगाउने कार्यक्रम रहेका बताईएको छ ।

टाईफाईड अर्थात म्यादे ज्वरो ज्यानै जोखिममा पार्ने संक्रामक रोग हो । ढल वा संक्रमित व्यक्तीको दिसामाई टाईफाईड रोगको जिवाणु स्वस्थ व्यक्तीमा दुषित खाना वा पानीको माध्यामबाट सर्दछ । यो रोग सवै उमेर समुहका व्यक्तीहरुमा लाग्ने भएपनि १५ वर्ष मुनिका बालबालिकाहरुमा धेरै हुने गरेको तथ्याँकले देखाएको छ ।

टाईफाईड भएको अवस्थामा उच्च ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने, पसिना आउने र जिब्रोमा समेत सेतो लेत लाग्ने कार्यक्रममा जानकारी गरिएको छ ।

सरकारले पहिलो पटक टाइफाइड खोप अभियान २०७८/७९न सञ्चालन गरेको हो । खोप अभियान शुरु गरेसँगै सरकारले टाईफाईड विरुद्ध नियमित खोप सेवा समेत प्रवाह गर्ने भएको छ ।

Facebook Comments