• ६ जेष्ठ २०८३, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
सम्मानजनक अवस्थामा मात्रै गठबन्धन गर्छौँ- कुमाल




दाङ, २२ चैत ।
नेकपा एकीकृत समाजवादी पार्टीका दाङ जिल्ला प्रचार विभाग प्रमुख दीपक कुमालले जिल्लामा आफुहरू सम्मानजनक अवस्थामामा मात्रै आफुहरूले गठबन्धन गरेर जान सकिने बताउनुभएको छ । उहाँले पाटिको माग बमोजिम दस पालिका वा वडामा नेतृत्व पाउन नसके गठबन्धन गर्न नसकिने बताउनुभयो ।

‘केन्द्रको सर्कुलर अनुसार गठबन्धन भएपछि हामीलाई जुन पालिका जिम्मा आउँछ , त्यसै अनुसार अगाडि बढ्छौ’
उहाँले भन्नुभयो – ‘तर, हामीलाई जिल्लामा कुनै स्थानी तह नेतृत्व गर्ने जिम्मा दिनु पर्छ ।’

केही दिन अगाडि जिल्ला कमिटीको बैठक बसेर केन्द्रको निर्णय बमोजिम जिल्लामा सम्मानजनक अवस्थामा ५ दल बिच गठबन्धन गरेर जाने कुरा भएको उहाँको भनाइ छ ।

तालमेल गर्ने विषयमा नगर तथा पालिका स्तरिय कमिटीलाई जिम्मा दिएका छौँ ।उहाँले भन्नुभयो- ‘कुनै जिम्मेवारी पाउन नसके सहकार्य गर्न सकिँदैन ।’

उहाँले नेकपा एमालेबाट फुटेर आएपछि जिल्लामा पनि आफ्नो पार्टी बलियो हुँदै गएको भन्दै जिल्लाको १० स्थानीय तह मध्य कुनै पनि ठाउँमा आफूहरूले पाउनु पर्ने समेत दाबी गर्नुभयो ।

‘जिल्लाका केही तहमा हामी एक्लै लडेर जित्न सक्ने अवस्था छ ‘, उहाँले भन्नुभयो-‘ अहिले हाम्रो पार्टीको संगठन बलियो हुँदै गएको छ, त्यसैले आफूहरूले भागबन्डा अनुसार पालिका वा वडाहरु नपाएको खण्डमा पार्टीको निर्णय गरेर नै जाने पनि उल्लेख गरेका छौँ ।’

Facebook Comments