रुकुम (पश्चिम)को मुसिकोट नगरपालिकामा पालिकास्तरीय टाइफाइड रोग बिरुद्धको खोप अभियान सम्बन्धी अभिमुखीकरण गोष्ठी सम्पन्न भएको छ । नगरपालिका, स्वास्थ्य तथा सामाजिक विकास शाखाको आयोजनामा पालिकास्तरीय टाइफाइट रोग बिरुद्धको खोप अभियान सम्बन्धी अभिमुखीकरण गोष्ठी सम्पन्न भएको हो ।
टाइफाइट खोप अभियानको लक्ष्य, उद्देश्य र सञ्चालन प्रक्रिया तथा उपलब्धी र अबस्थाको बारेमा सरेकारवालाहरुलाई जानकारी गराई स्थानीय स्तरमा त्यसको पहुँच बृद्धि गर्ने उद्देश्यले अभिमुखीकरण गोष्ठी सञ्चालन गरिएको शाखा प्रमुख मान बहादुर खत्रीले जानकारी दिनुभयो ।

कार्यक्रममा राष्ट्रिय खोप कार्यक्रमको परिचय, टाइफाइट रोग बिरुद्धको खोप अभियानको पृष्ठभूमि र औचित्य, टाइफाइट रोग बिरुद्धको खोप अभियानको लक्ष्य, उद्देश्य, रणनीति र कार्यनीति लगायतका बिषयमा छलफल भएको छ ।
नगरपालिकाका उपप्रमुख प्रेम कुमारी सुनार केसीको अध्यक्षतामा सम्पन्न गोष्ठीमा प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर पुन, स्वास्थ्य तथा सामाजिक विकास शाखा प्रमुख मान बहादुर खत्री, नगरपालिका अन्तरगतका वडा अध्यक्ष, पालिका अन्तरगत रहेका बिषयगत शाखा प्रमुखहरु र बिद्यालय नर्सहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमको सञ्चालन जनस्वास्थ्य निरिक्षक बेदाराम ओलीले गर्नु भएको थियो ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
