• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रुन्टीगढीको चिनारी म्युजिक भिडियो सार्वजनिक




होलेरी,२२ चैत्र ।  रुन्टीगढी गाउँपालिका होलेरी रोल्पाको परिचयात्मक दृृश्य सामाग्रीको विमोचन कार्यक्रम सोमवार रोल्पाको होलेरीमा सम्पन्न भएको छ । रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बालाराम बुढाको सभाध्यक्षमा सम्पन्न भएको कार्यक्रमको अतिथीहरुमा उपाध्यक्ष छमायाँ पुन,गाउँपालिकाका प्रवक्ता जगत बहादुर घर्ती,निमित्त प्रमुख प्रशासकिय अधिकृत सानुबाबु खड्का, कार्यपालिकाका सदस्यहरु,राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, पत्रकारहरु बुद्धिजिवी तथा समाजसेवीहरु,गाउँपालिकाका शाखा प्रमुखहरुको उपस्थितीमा विमोचन कार्यक्रम सम्पन्न गरिएको हो ।

रुन्टीगढी गाउँपालिकाको परिचयात्मक गितमा रुन्टीगढीको विभिन्न पर्यटकिय क्षेत्रहरुको चित्रण गरिएको छ । रोल्पाको रुन्टीगढी गाउँपालिकामा रहेको स्वर्गद्धारी महाप्रभुको जन्मस्थल रुन्टी,तपस्या गरेको क्षेत्र गढी, काठैकाठको मन्दिर भएको क्षेत्र मुरुल्ले,शिवपार्वती गुफा,उमागढी लगायतको पर्यटकिय क्षेत्रको दृश्य सामाग्रीहरु देख्न पाईने रुन्टीगढी गाउँपालिकाका पर्यटन फोकल पर्सन धु्रर्व मल्लले जानकारी दिनुभएको छ । यस्तै उक्त दृश्य सामाग्रीहरुमा रुन्टीगढीमा पाईने जडिवुटी तथा तरकारी उत्पादन तथा उक्त ठाउँको धर्म संस्कृती,रितिरिवाज तथा परम्पराको चित्रण गरिएको छ। रुन्टीगढी गाउँपालिकाका पर्यटन फोकल पर्सन धु्रर्व प्रकाश मल्लको शव्दरचना भएको उक्त गितको आवाज प्रविण बेडुवाल र रचना रिमालको रहेको छ।                                                                     कार्यक्रमको उद्घाटन गर्दै रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बालाराम बुढाले रुन्टीगढीकै पहिचान तथा पर्यटन प्रर्वद्धन गर्ने उद्येश्यका साथ यो दृश्य सामाग्री निमार्ण भएको उल्लेख गर्दै यसले रुन्टीगढी गाउँपालिकाको पर्यटन क्षेत्रमा थप आयाम श्रृजना गर्ने उल्लेख गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण रुन्टीगढी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत सानुबाबु खड्काले गर्नुभएको वताइएको छ ।हेर्नुहोस भिडियो सहित , 

Facebook Comments