• १ जेष्ठ २०८३, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
सल्लेमा आँखा उपचार तथा अप्रेसन शिबिर सम्पन्न




रुकुम पश्चिममा आँखा उपचार तथा अप्रेसन शिबिर सम्पन्न भएको छ । नेपाल नेत्रज्योति संघ आँखा उपचार केन्द्र सल्लेको आयोजना, राप्ती आखा अस्पताल दाङको प्राविधिक सहयोग, नेपाल सरकारको आर्थिक सहयोग र मुसीकोट नगरपालिकाको स्थानीय व्यवस्थापनमा शिबिर संचालन भएको थियो । मुसीकोट नगरपालिका वडा नं. १ मा रहेको आखा उपचार केन्द्रमा शिबिर संचालन भएको हो ।

हिजोबाट सुरु भएको शिबिरबाट ४ सय ६६ जनाले ओपिडि सेवा लिएका छन् । महिला २ सय ७४ र पुरुष १ सय ९२ जनाले ओपिडि सेवा लिएको आखा उपचार केन्द्रका प्रमुख धनबहादुर केसीले जानकारी दिनुभयो । उहाँका अनुसार ९९ जनाले आखाको अप्रेसन गराएका छन् । आखा मोतिविन्दुको समस्या देखिएको ९९ जनाले अप्रेसन सेवा लिएको हुन् ।

त्यस्तै शिबिर मार्फत पावरवाला चस्मा पनि निशुल्क बितरण गरिएको केन्द्रका प्रमुख केसीले जानकारी दिनुभयो । शिबिरमा आखा जाच गरिएका मध्य ६४ जनामा चस्माको आवश्यकता रहेकाले उनीहरुलाई निशुल्क चस्मा वितरण गरिएको केसीले जानकारी दिनुभयो ।

बिशिरमा रुकुम पूर्व, सल्यान, जाजरकोट लगायत ठाउँबाट सेवा लिन बिरामि पुगेका थिए । शिबिरमा लागि डा. सुरेस रसाईलीको नेतृत्वमा १२ जना स्वास्थ्यकर्मीको टोलीले सेवा दिएको छ ।

Facebook Comments