हिमाल महरा
बंगलाचुली, २० चैत । दाङको बंगलाचुली गाउँपालिका १ हार्जा निबासी तेजबहादुर नेपालीले आफ्नो स्वर्गीय बुवा धनिराम नेपाली र स्वर्गीय आमा फनी नेपालीको सम्झनामा बंगलचुली –१ खाडामा धर्मशाला निर्माण गरेका छन् ।

शनिबार एक कार्यक्रम बीच उक्त धर्मशाला उद्घाट गरिएको हो । सो धर्मशाला जिल्ला समन्वय समिति दाङका प्रमुख जितेन्द्रमान नेपालीले उट्घाटन गरेका हुन् ।
तेजबहादुर नेपालीले स्वर्गीय बुवा धनिराम नेपाली र स्वर्गीय आमा फनी नेपालीको सम्झनामा बंलचुली–१ खाडा पिपल डाडा धर्म शाला निर्माणका लागि ६ लाख ७५ हजार २ सय ४१ रुपैयाँ लागत लागेको बताए । उनले सो धर्मशालामा ५० हजार बराबरको सामग्रीहरु समेत सहयोग गरेका छन् ।
नर्मदेश्वर शिबालय मन्दिर व्यवस्थापन समितिका अध्यक्ष विष्णु कालाथोकीको सभापति एवं जिल्ला समन्वय समिति दाङका प्रमुख जितेन्द्रमान नेपालीको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा तेजबहादुर नेपाली, वडा अध्यक्ष पदम खत्री, वडा सदस्य प्रेम दमाई, राधिका नेपाली, देबा पौडेल, चन्द्राबहादुर घर्ती मगर, रेडियो बंलाचुलीका स्टेशन म्यानेजर जीवन नेपाली, वाइसियल बङलाचुली अध्यक्ष शशिधर परियार लगायतको उपस्थिति रहेको थियो ।
पिम्प लाल नेपालीको स्वागत मन्तव्यबाट शुरुभएको कार्यक्रमको सहजीकरण मन्दिर व्यवस्थापन समितिका कोषाध्यक्ष पुष्पराज भन्डारीले गरेको थिए ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
