• ४ जेष्ठ २०८३, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
राजबन्दी कृष्ण विकलाई नेपाल कम्युनिस्ट पार्टी र जनताद्वारा भव्य स्वागत




कमल विक,
अछाम/ नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य चूडामणि ओली सहित १६ जना बाजुरा जिल्लाको गौमुल गाउँपालिकाबाट २०७६ कर्तिक २२गते गिरप्तार हुनुभएका कृष्णको रिहाई भइसकेपछि उहाँको गाउँमा भब्य स्वागत गरिएको छ। उहाँ बाजुरा जिल्ला कारागारमा झुटा मुद्दा खेपेर करीब उन्तिस महिना लामो बन्दि जीवन बिताउनु भएको थियो। जिल्ला अदालत बाजुराले चैत्र १३ गते दुई वर्ष चार महिना जेल सजाय सुनाएको थियो उहाँ तेतिबेला थप २१ दिन बढि सजाय भोगी सक्नु भएको थियो।

उहाँलाई नेकपा अछामको आयोजनामा शनिबार धमालीमा भब्य स्वागत गरिएको हो। गाउँको प्रवेशद्वार ठाटिखाद बाट पञ्चे बाजा सहित फूलमाला लगायर गाँउ प्रवेश गराइएको थियो। बधाई तथा सम्मान कार्यक्रमा जनकम्युन सांस्कृतीक परिवारको बेजोड प्रस्तुति समेत रहेको थियो।

कार्यक्रमलाई नेपाल कम्युनिस्ट पार्टी जिल्ला संगठन समिति सचिवालय सदस्य निरक शाहीले प्रमुख अतिथिको रूपमा संबोधन गर्नु भएको थियो। उहाँले हिरासद र जेल मोर्चा कुशलता पूर्वक समालेकोमा राजबन्दि क कृष्ण लगायत सम्पूर्णलाई बधाई दिनु भएको थियाे। उहाँले तिनबुदे सहमति भएको एक वर्ष पुरा भइसक्दा पनि सहमति पुर्ण कार्यान्वन नभएको भन्दै असन्तुष्टि जनाउनु भएको थियो। उहाँले जनमत संग्रह मार्फत वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्न सबै देशभक्त एक हुनुपर्ने बताउनु भएको छ।

युवा संगठन अछामका सदस्य गोकर्ण बिष्टको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रममा श्रमिक समुदाय मोर्चा नेपाल अछामका अध्यक्ष दिलिप,नेपाल कम्युनिस्ट पार्टी अछामका जिल्ला कमिटि सदस्य तिलक बिष्ट, युवा संगठन नेपालका केन्द्रिय सदस्य सुसिल, आखिल क्रान्तिकारीका केन्द्रिय सदस्य रमेश लगायतले शुभकामना मन्तब्य दिनु भएको थियो। युवा संगठन अछामका सचिव कुमार क्षेत्रिले संचालन गर्नु भएको कार्यक्रमको अध्यक्षता नेकपा तुर्माखाद गाउँपालिका ८ का अध्यक्ष नमराज धमालाले गर्नु भएको थियो।

Facebook Comments