श्रवण कुमार यादव
राजपुर । बैशाख ३० गतेको स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै आ- आफ्ना पार्टीले चुनाबी गतिबिधि अघि बढाउने क्रम जारी राख्दै गर्दा राप्रपा राजपुरले पनि आफ्नो पार्टीको चुनावी गतिबिधीहरुलाई अघि बढाएको छ ।
राजपुर गाउँपालिकाको वडा नम्बर-३ , प्रतापपुरमा एक कार्यक्रम गर्दै राजपुर गाउँपालिकाका राप्रपा पार्टीका अध्यक्ष सर्जुप्रसाद यादवले बिगतका दिनहरुमा नेपाली काङ्ग्रेस पार्टीका नेताले जनताको घरका छाना ठटाएकै कारण माओवादी पार्टीको जन्म भएको र अहिले माओवादी सत्तामा गएर ढोल मात्रै ठटाउने काम भैरहेकोले जनता वाक्क परि अवको बिकल्प भनकै राप्रपा भएको दावी गरे ।
चुनावी गतिबिधीलाई अघि बढाउनकालागी आवश्यक सल्लाह सुझाव संकलन गर्दै राप्रपाको टोलि क्रमशः राजपुरको सबै वडामा हिड्दै छ ।
कार्यक्रममा प्रदेश सदस्य हिरालाल खडका, प्रदेश ख का अध्यक्ष शेषमणी घिमिरे , जिल्ला उपाध्यक्ष गिरिजा चौधरी ,
क्षेत्रीय सचिव कमल न्यौपाने र क्षेत्र नम्बर १ का क्षेत्रीय अध्यक्ष लिलाराम यादव, महाधिवेशन प्रतिनिधि नरबहादुर केसी , क्षेत्रीय सदस्य हिरालाल यादव लगायतको उपस्थिति रहेको थियो ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
