• ११ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
अम्बापुर खानेपानीको साधारणसभा, पानीको स्रोत विस्तारमा जोड




घोराही, १९ चैत / अम्बापुर खानेपानी तथा सरसफाइ उपभोक्ता समिति घोराही १८ को आठौं साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले खानेपानीको महसुलमा हेरफेर गर्दै सबै क्षेत्रमा खानेपानी विस्तारका योजनाहरु अघि सारेको छ ।
समितिका अध्यक्ष बासुदेव रिजालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि घोराही १८ का अध्यक्ष भरतमणि अर्यालले खानेपानी आपूर्ति प्रभावकारी बनाउन स्थानीय उपभोक्ता जागरुक हुनुपर्ने बताउनुभयो । आवश्यक पूर्वाधारको विकास सरकारले गर्ने भए पनि यसको व्यवस्थापनका लागि उपभोक्ता नै जागरुक हुनुपर्ने उहाँले बताउनुभयो ।
अन्य वक्ताहरुले घोराहीको सबैभन्दा बढी वस्ती विस्तारको क्षेत्र रहेको अम्बापुर, नवलपुर क्षेत्रमा खानेपानीको दीर्घकालीन स्रोत खोजी गर्नुपर्ने, मुहान क्षेत्र आसपासमा उत्खनन् निषेध गरिनुपर्ने, स्थानीय सरकारले लगानी बढाउनुपर्ने र उपभोक्ताहरु सक्रिय हुनुपर्ने सुझाव दिएका थिए ।
कार्यक्रममा डिभिजन खानेपानी कार्यालयका प्रतिनिधि तिलबहादुर केसी, वडा सदस्य बुद्धिप्रकाश चौधरी, समितिका सल्लाहकारहरु बिष्णु पुन र नरेन्द्र केसी, मूल कुलो ब्यवस्थापन समिति अध्यक्ष हरिप्रसाद पौडेल र अम्बिकेश्वरी आधारभूत विद्यालयका प्रअ चेतनाथ गौतमले शुभकामना दिनुभएको थियो ।
उपाध्यक्ष किरण बिएमको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रम सञ्चालन सचिव ध्रुव पौडेलले गर्नुभएको थियो भने सदस्य मधुसूदन न्यौपानेले धन्यवाद ज्ञापन गर्नुभएको थियो । सचिव पौडेलले प्रगति विवरण र कोषाध्यक्ष भानबहादुर नेपालीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
साधारणसभाले अहिलेको खानेपानीको आधारभूत महसुल मासिक एक सयबाट एक सय बीस बनाएको छ । त्यस्तै स्रोतको खोजी गरेर खानेपानी विस्तार गर्ने, सार्वजनिक जग्गाको खोजी गरेर तल्लो वस्तीका लागि पायकपर्ने स्थानमा सव काउन्टरको ब्यवस्था गर्नेलगायतका नीति अघि सारेको छ ।
सो अवसरमा संस्थाका पूर्वअध्यक्ष बिष्णुप्रसाद भट्टराईलाई सम्मान गरिएको थियो । उहाँले लामो समय संस्थाको अध्यक्ष भएर योगदान गर्नुका साथै समितिको कार्यालय भवन निर्माणका लागि जग्गादान पनि गर्नुभएको थियो ।

Facebook Comments