• ६ जेष्ठ २०८३, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
पुथा उत्तरगंगा १४ मा माओवादी केन्द्रकाे अन्तरक्रिया कार्यक्रम सम्पन्न




हिक्मत पाेर्तेल /नेकपा माओवादी केन्द्रकाे पुथाउत्तरगंगा गाउँपालिका १४ मा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेकपा माओवादी केन्द्र पुथा उत्तरगंगा गाउँपालिका कमिटी र पुथा उत्तरगंगा १४ काे वडा कमिटी बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हाे ।                    गाउँपालिका कमिटीले स्थानीय तह चुनाव लक्षित अन्तरक्रिया कार्यक्रम भएकाे हाे । अन्तरक्रिया कार्यक्रममा नेकपा माओवादी केन्द्र प्रदेश कमिटी सदस्य तथा जिल्ला सम्वनय सचिव पुनिराज घर्तीकाे प्रमुख उपस्थितमा भएको हाे । जसकाे विशेष उपस्थितमा गाउँपालिका कमिटी अध्यक्ष हर्कबहादुर कामीकाे र गाउँपालिका कमिटी उपाध्यक्ष गंगा बहादुर पुन, गाउँपालिका कमिटी सदस्य भुपेन्द्र बुढा, याेङ कम्युनिस्ट लिग जिल्ला सम्वनय सचिव नाबेन्द्र सुनार लगाएतकाे उपस्थित रहेकाे थियाे । अन्तरक्रिया कार्यक्रममा वडा कमिटीबाट सहभागीहरुबाट आ-आफ्नो तर्फबाट गुनासो , सुझावहरु राखेका थिए । सहभागीहरुकाे अहिलेकाे परिस्थितिमा जनमानसमा जसले नाेट दिन्छ उसलाई भाेट दिइन्छ जस्ता भ्रमित चेतना फैलिएकोले यसलाई सुधार कसरी गर्न सकिन्छ स्पष्टता हुन पर्ने सुझाव आएकाे थियोे ।                                                                                                      जुन सुझावमा नेकपा माओवादी केन्द्र पुथा उत्तरगंगा गाउँपालिका कमिटी उपाध्यक्ष गंगा बहादुर पुनले स्पष्टता दिनु भएकाे थियाे । उपाध्यक्ष पुनले नेपाल परम्परा देखि चलिआएको विभिन्न विवेदहरु नेकपा माओवादी केन्द्रले नै अन्तय गरि स्वतन्त्र परिस्थिति सिर्जना भएकाेले क्षणिक लाेभमा नपरि स्थानीय चुनावमा नेकपा माओवादीलाई नै बिजय गराउन उपस्थित सहभागीलाई स्पष्ट बनाउनु भयाे । उपाध्यक्ष पुनले पुनः थप्दै याे ठाउँमा यदि अरुकुनै पार्टीले सत्तामा प्रवेश गरे माथिल्लो निकायसँग लाइन नमिल्दा विकासमा पनि पछि पर्ने भएकाेले क्षणिक लाेभमा नपर्ने बताउनु भयाे । उहाँका अनुसार रुकुमजस्तो ठाउँमा माथिल्लो निकायमा नेकपा माओवादी केन्द्रकाे विकल्प नभएकोले यस पुथा उत्तरगंगा गाउँपालिका १४ मा पनि नेकपा माओवादीलाई बिजय बनाउनु पर्ने बताउनु भयाे । दलितकाे बाहुल्यता रहेकाे यश वडामा सम्पूर्ण दलितहरु पनि विचलित नभई स्वतन्त्र रुपमा आफ्ना विचार गुनासो लगाएत जातिय विभेद अन्त्य गर्ने पार्टीलाई नै जिताउनमा लागि पर्न उपाध्यक्ष पुनले अपिल गर्नुभयाे । संघियताकाे पहिलाे स्थानीय तहकाे चुनावमा मतदाता शिक्षाकाे कमिले हार स्विकार्नु परेकाे यस वडामा अहिलेकाे स्थानीय चुनावमा मतदाता शिक्षामा पनि सक्रिय रुपमा लागि पर्न अनुरोध गर्नु भयाे ।                                                      त्यस्तै अन्तरक्रिया कार्यक्रम उपस्थित सम्पुर्ण गाउँपालिका कमिटीले पनि क्षणिक लाेभ लालचमा नपरी कसरी वडाकाे विकास गर्ने, कुन पार्टीको मान्छेलाई जिताउदा वडामा परिवर्तन हुन्छ भनी साेच्नु पर्ने बताउनुभयो । पहिलेकाे स्थानीय चुनावमा फरक पार्टीकाे बिजय हुदा हुन पर्ने विकास हुन नसकेकाेले अहिलेकाे चुनावमा नेकपा माओवादीलाई जिताउन सम्पुर्ण कार्यकर्ता लाग्न निर्देशन दिनु भयाे ।

Facebook Comments