• ५ जेष्ठ २०८३, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
दोस्रो बंगलाचुली अध्यक्ष कपको सेमिफाइनल समीकरण पूरा




मधुसूदन गिरी
कमिरेचौर, १७ चैत । चैत १६ देखि सुरु भएको दोस्रो बंगलाचुली अध्यक्ष कपको सेमिफाइनल समीकरण पूरा भएको छ ।

जसमा सप्तरङ्गी क्रिकेट क्लब र काभ्रे श्रीवारी क्रिकेट क्लब र रोयल तपालि क्रिकेट क्लब र बंगलाचुली स्पोर्ट्स क्लब खेल्ने छन् ।

खेल चैत १८ गते विहान ८ बजेदेखि सुरु हुनेछ । प्रतियोगिताबाट बचेनि क्रिकेट क्लब, रोयल मुर्कुटि क्रिकेट क्लब र जुम्लेपानी क्रिकेट क्लब बाहिरिएका छन् । बचेनि लगातार दोस्रो खेलमा अपराजित हुदै बाहिरिएको थियो ।

रोयल मुर्कुटि क्रिकेट क्लब लगातार दोस्रो हार व्यहोरेपछि तेस्रो खेलमा हार स्विकार गर्दै खेलबाट बाहिरिएको थियो भने जुम्लेपानी क्रिकेट क्लब लगातार दोस्रो खेलमा जित निकालेपनि सेमिफाइनल समिकरणको तेस्रो खेल मा हार व्यहोर्दै रनरेटको आधारमा खेल बाट बाहिरिएको थियो ।

त्यस्तै अध्यक्ष कप अन्तर्गत भलिबल खेलको फाइनल खेलमा वडा नम्बर ६ लाई ३-० को सेट पराजित गर्दै वडा नम्बर ५ दोस्रो अध्यक्ष कपको विजेता बनेको छ।

बंगलाचुली गाउपालिकाको आर्थिक सहयोग र बंगलाचुली क्रिकेट विकास समन्वय समितिको आयोजनामा उक्त प्रतियोगिता आयोजना भएको छ ।

Facebook Comments